भीमफेदीमा विद्यालय भवन शिलान्यास

साझाकुरा
२०८१ पुष १३, शनिबार १३:५६

हेटौंडा- भीमफेदी गाउँपालिका–९, स्थित पोखरी प्राथमिक विद्यालयको नयाँ भवन निर्माण हुने भएको छ । गाउँपालिका अध्यक्ष हिदम लामाले भवनको शिलान्यास गरे ।प्रधानाध्यापक निर्मला थिङले २ तले ८ वटा कोठा रहने गरी आफ्नै जग्गामा भवन निर्माण गर्न लागिएको जानकारी दिइन् । हाल वडा नम्बर–२ मा रहेको विद्यालय भवन हुरिबतास, भूकम्प र चोरीको जोखिममारहेकाले नयाँ भवन निर्माण थालिएको हो । नयाँ बन्ने भवन हाल विद्यालयरहेको ठाउँबाट आधा घण्टाकोदूरीमा छ ।

बागमती प्रदेश सरकारको विशेष अनुदान अन्तर्गत १ करोड ९८ लाख रुपैयाँको लागतमा भवन निर्माण हुन लागेको प्रअ थिङले बताइन् । पुलामी एण्ड सन्स कन्स्ट्रक्सन प्रालिले भदौ महिनासम्म सम्पन्न गर्ने गरी निर्माणको जिम्मा लिएको छ । ३ कठ्ठा जग्गामा बन्ने नयाँ भवनमा सुविधायुक्त शौचालय र खानेपानीको व्यवस्था हुने जनाइएको छ । कक्षा–५ सम्म पठनपाठन हुने यस विद्यालयमा ३८ जना विद्यार्थी अध्ययनरत छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*