अध्यापनका लागि प्रविधिमैत्री शिक्षणसामग्री हस्तान्तरण

साझाकुरा
२०८१ पुष १७, बुधबार ११:१९

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यापनका लागि शिक्षकलाई प्रविधिमैत्री शिक्षणसामग्री हस्तान्तरण गरिएको छ ।प्रविधिमैत्री विद्यालय निर्माणको उद्देश्यले शिक्षकलाई प्रविधिमैत्री शिक्षणसामग्री हस्तान्तरण गरिएको हो । आरामाविमा तीन हजार विद्यार्थी अध्ययन गर्दै आएका छन् । विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर विद्यालयमा अध्यापन गराउने ७० जना शिक्षकलाई प्रविधिमैत्री शिक्षणसामग्री प्रदान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिम खान र विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईँले संयुक्तरुपमा स्थायी, राहत दरबन्दी र निजीस्रोतका शिक्षकलाई भ्वाइस एम्प्लीफायर, हेडफोन, स्पीकर हस्तान्तरण गरेका छन् ।

कक्षामा विद्यार्थीको संख्या धेरै भएकाले शिक्षकको आवाज हरेक विद्यार्थीसम्म सहज पुगोस् भन्ने उद्देश्यले प्रविधि हस्तान्तरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खानले बताए । निरन्तर अध्यापन गराइरहँदा घाँटीमा समस्या आउने र बेलाबेलामा आवाजसमेत बन्द हुने गरेकाले विद्यालयले परिवारले उपलब्ध गराएको प्रविधिमैत्री शिक्षणसामग्री महत्वपूर्ण भएको विद्यालयका शिक्षक कृष्णगोपाल श्रेष्ठले बताए । यसअघि पनि ५५ जना शिक्षकलाई अध्यापन गराउन प्रतिव्यक्ति करिब ५० हजार मूल्य बराबरको ल्यापटप हस्तान्तरण गरिएको थियो ।

पाली र अंग्रेजी दुवै माध्यममा अध्यापन हुने यस सामुदायिक विद्यालयमा ‘ए’ देखि ‘एच’ सम्म ८ वटा सेक्सन छ । विगत दुई दशकदेखि जिल्ला प्रथम हुँदै आएको जिल्लाकै उत्कृष्ट र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उत्कृष्ट सामुदायिक विद्यालयमध्ये एक रहेको यस विद्यालयमा मकवानपुरसहित तराईका सर्लाही, बारा, पर्सा, रौतहटलगायतका जिल्लाका विद्यार्थी यहाँ अध्ययन गर्दै आएका छन् ।निजी विद्यालयको तुलनामा यस सामुदायिक विद्यालयमा अभिभावकको विश्वास र विद्यार्थीको आकर्षणको केन्द्र बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*