आधुनिक–भुटनदेवीको टोली बुटवलको कालिकामा

साझाकुरा
२०८१ पुष १९, शुक्रबार १०:५७

हेटौंडा-हेटौंडामा रहेका दुई ठुला विद्यालयलाई एकीकरण गर्दै मेघा विद्यालय बनाउने लक्ष्य सहितको टोलीले बुटवलमा रहेको कालिका मानवज्ञान माध्यमिक विद्यालयको अवलोकन गरेको छ ।हेटौंडा उपमहानगर–४ का वडाध्यक्ष तथा भुटनदेवी माविका अध्यक्ष नवीन सिग्देल सहित आधुनिक राष्ट्रिय माविका अध्यक्ष समिम खान, प्रधानाध्यापक रामसागर गुरागाई, भुटनदेवी माविका प्रधानाध्यापक माधवप्रसाद दाहाल, शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ का संयोजक श्रीराम दाहाल, हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखा अधिकृत हरिचन्द्र सापकोटा सहितको टोलीले देशकै सबैभन्दा धेरै विद्यार्थी अध्यापन गर्ने कालिका मानवज्ञान माविको अवलोकन गरेको हो ।

अबलोकनको क्रममा हेटौंडाको टोलीले विद्यालयलाई एकीकृत गर्दाको अवस्था, ठूलो संख्याको कर्मचारी र विद्यार्थीको सफल व्यवस्थापन, चुनौती, संभावना र अवसरको बारेमा विद्यालय प्रशासनसँग जानकारी लिएको थियो । जानकारी दिदै कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापाले मर्ज गरिने दुई विद्यालयको व्यवस्थापन समिति, स्थानीय सरकारले समन्वयको भूमिका निर्वाह गरे एकीकरण प्रक्रिया ठूलो समस्या नहुने बताए ।सफल विद्यालय एकीकरण गरेर मेघा विद्यालय बनाउने विषय चुनौतीपूर्ण रहेपनि एकता सहितको कार्य गरे अभियान सफल हुने उनको भनाई छ ।

अबलोकनको क्रममा भएको अन्तरक्रियामा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष बलबहादुर पुनले ठूलो विद्यालय बनाएर देशकै नमूना बनाउने गरी हेटौंडामा भएको प्रयास उचित भएको बताउदै यो अभियानमा आफूहरुको अनुभवलाई आधुनिक–भुटनदेवी एकीकरण गर्दा प्रयोग गर्न सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे । कार्यक्रममा बोल्दै हेटौंडा–४ का वडाध्यक्ष सिग्देलले सीमाना जोडिएको विद्यालयलाई एक बनाएर देशकै ठूलो र नमूना विद्यालय बनाउने अभियानमा सम्पूर्ण हेटौंडाको सहयोग रहेको उल्लेख गरे । कालिकाको व्यवस्थापनबाट आफूहरुले पनि सहज ढंगबाट यो अभियानलाई निचोडमा पु¥याउन सफल हुने उनले विश्वास व्यक्त गरे । अवलोकन भ्रमणमा आधुनिक र भुटनदेवीका विद्यालय व्यवस्थापन समितिका सदस्यहरुको पनि सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*