जेनिथमा ५१ जना बालबालिकाले गरे भर्ना

साझाकुरा
२०८१ माघ २२, मंगलवार १४:३९

हेटौंडा- विद्याकी देवी सरस्वतीको पूजा गर्दै सोमबार श्रीपञ्चमी मनाइएको छ । आजको दिन विद्यार्थीले कापी, कलम र वाद्ययन्त्र आदिको पूजा गर्ने गर्दछन् ।उमेर पुगेका बाल बालिकालाई आजकै दिन अक्षरारम्भ गराउने प्रचलन रहेको छ । विद्यालयमा प्ले ग्रुपबाटै विद्यार्थी भर्ना गरी अक्षरारम्भ गर्ने गरिन्छ । हेटौंडा–५ पिप्लेमा अवस्थित जेनिथ माध्यमिक विद्यालयमा सोमबार ५१ जना बालबालिकाले अक्षरारम्भसँगै भर्ना गरेका छन् । विहान सरस्वतीमाताको पूजाआजासँगै सुरु भएको अक्षरारम्भ कार्यक्रम दिनभर सञ्चालन रह्यो । यसवर्ष ५१ जना बालबालिका भर्ना भएको विद्यालयका प्रशासन अधिकृत सुमन्त सिलवालले बताए ।

प्ले ग्रुपदेखि माध्यमिक तह र उच्चमाध्यमिक तहसम्म अध्ययन हुने जेनिथमा हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका क्षेत्रका विद्यार्थी अध्ययन गर्दै आएका छन् । विद्यालयका अध्यक्ष रमिता पाण्डेको अध्यक्षतामा सुरु भएको अक्षरारम्भ कार्यक्रममा विद्यालयका प्रिन्सिपल श्रीबहादुर कार्की, संगीत शिक्षक आकाश खड्का, प्रशासन अधिकृत सुमन्त सिलवाललगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा खड्काद्वारा निर्मित जेनिथ विद्यालयको गीत सार्वजनिक गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*