विज्ञान शिक्षकका लागि प्रश्नपत्र निर्माण तालिम
हेटौंडा- विज्ञान शिक्षक समाज नेपाल मकवानपुरको आयोजनामा आधारभूत तह तथा माध्यमिक तहको एक दिवसीय प्रश्नपत्र निर्माण सम्बन्धी तालिम भएको छ ।जिल्लाका ६३ जना विज्ञान शिक्षकहरुले सहभागिता जनाएको उक्त कार्यक्रममा सहजीकरण विज्ञान शिक्षकहरु भरत पोखरेल, दुर्गा पराजुली, खेम बिक र ओम प्रकाश सापकोटाले गरेका थिए । आधारभूत तह र माध्यमिक तह गरि दुई समूहमा विभाजन गरी सञ्चालन गरिएको तालिमबाट विशिष्टिकरण तालिका अनुसार प्रश्नपत्र निर्माण गर्न ध्यान पु¥याउनुपर्ने कुराहरु, संज्ञानात्मक तहहरु पहिचान गरी त्यस अनुसार प्रश्नपत्र निर्माण गर्ने सीपको विकास र प्रश्नपत्र निर्माणपूर्व तय गर्नुपर्ने नमुना मेट्रिक्स निर्माणलगायतका विषयमा प्रशिक्षार्थीहरु प्रशिक्षित भएको विज्ञान शिक्षक समाज नेपाल मकवानपुरका सचिव सुवास खनालले बताए ।
कार्यक्रमको समापन समारोह विज्ञान शिक्षक समाज नेपाल मकवानपुरका अध्यक्ष खेमराज लामिछानेको सभाध्यक्षता, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख अतिथ्यता र शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सुदिप गिरीको विशिष्ट अतिथितामा भएको थियो । समापन कार्यक्रममा सिद्धार्थ माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सागरप्रसाद खतिवडा, विज्ञान शिक्षकहरु रामकुमार ठाकुर, विनोद प्रसाद गुप्ता, मनिल कुमार कर्ण, ग्यालेक्सी बुक्स सेन्टरका अमृत मगर, लिंकेज टेक्निकल एकेडेमीका कमल कोइराला लगायतको आतिथ्यता रहेको थियो ।







