हेटौंडाका चेपाङ समुदायमा एसबिआई बैंकको सहयोग
हेटौंडा- नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत् हेटौंडा उपमहानगरपालिका वडा नं १४ र १५ का चेपाङ समुदायलाई लक्षित गरी खाद्यसामग्री वितरण गरेको छ ।बैंकका बागमति प्रदेश प्रमुख सुशीलराज श्रेष्ठले समुदायका त्रिसठ्ठी परिवारलाई एक कार्यक्रमका बीच औपचारिक रुपमा सामग्री हस्तान्तरण गरेका हुन् । बैंकले विपन्न तथा पिछडिएका वर्गमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।
नेपाल एसबिआई बैंकले विगत ३१ वर्षदेखि बंैकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।







