छैटौँ मेयर कप फुटबल प्रतियोगिता असार ५ देखि

साझाकुरा
२०८३ जेष्ठ २५, सोमबार १२:४८

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१३ स्थित पदमपोखरी रंगशालामा छैटौँ मेयरकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आइतबार खेलकुद विकास समिति हेटौंडा–१३ र पदमपोखरी युथ क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता असार ५ गतेदेखि १२ गतेसम्म सञ्चाल हुने जानकारी गराएको हो । खेलकुद विकास समितिका अध्यक्ष अमृत लुङ्वाले प्रतियोगिताको विजेता टोलीले दुई लाख रुपैयाँ र उपविजेता टोलीले एक लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उदियमान खेलाडीलगायत विभिन्न विधामा पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितामा हेटौंडा उपमहानगरका विभिन्न वडाबाट खेलाडीको सहभागिता रहनेछ । महिला र पुरुष दुवै समूहको छुट्टाछुट्टै प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ स्थानीयस्तरमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा प्रस्फुटन तथा युवालाई खेलकुद गतिविधिमा आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको १३ न वडा अध्यक्ष पेम्बा लामाले बताए । प्रतियोगिता सम्पन्न गर्न २० लाख खर्च हुने अनुमान आयोजकको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*