रास्वपा मकवानपुरको सभापतिमा पाठक

साझाकुरा
२०८३ जेष्ठ २५, सोमबार १२:४४

हेटौंडा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनबाट मनहरी–३ हाँडीखोलाका सन्जीव पाठक सभापति पदमा निर्विरोधरुपमा चयन भएका छन् । यसअघि उनी रास्वपा जिल्ला सचिव थिए । हेटौंडामा भएको अधिवेशनले ५ वर्षे कार्यकालका लागि पाठकको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय जिल्ला समिति चयन गरेको हो । अधिवेशनले उपसभापतिमा टाकाराज थापा (सुरेश) सचिवमा विशभ अधिकारी, सहसचिवमा शान्ति थापा विडारीलाई चयन गरेको छ । अधिवेशनबाट सदस्यमा सम्झना पुडासैनी, पदम थिङ, सफल दुतराज, हलिया शेख, हरिहर खतिवडा र देवकुमार अर्याल चुनिएका छन् ।

हरिहर खतिवडा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को सभापति तथा देवकुमार अर्याल क्षेत्र नम्बर २ को सभापतिको रुपमा पनि चयन भएको नवनिर्वाचित सचिव विशभ अधिकारीले बताए । मकवानपुरका १० वटै पालिकाबाट ४ सय ५० भन्दा बढी प्रतिनिधिको सहभागितामा अधिवेशन सम्पन्न भएको हो । नवनिर्वाचित जिल्ला समिति सदस्यमध्येबाट एकजनालाई कोषाध्यक्षमा मनोनित गर्ने विधानमा व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*