मेयर कपमा हेटौंडा–११ को बिजयी सुरुवात

साझाकुरा
२०८२ जेष्ठ ५, आईतवार १२:०४

हेटौंडाशनिबारदेखि हेटौंडामा सुरु भएको पाँचौ मेयर कप फुटबल प्रतियोगितामा हेटौंडा–११ ले बिजयी सुरुवात गरेको छ ।हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा हेटौंडाको पिप्लेक्याम्पा रंगशालामा भएको उद्घाटन खेलमा साविक बिजेता हेटौंडा–४ लाई ३–० ले पराजित गर्दै हेटौंडा–११ ले बिजयी सुरुवात गरेको हो ।विजयी टोलीको तर्फबाट पवन राई, सम्बन्ध डिम्डुङ र मनोज घलानले एक÷एक गोल गरेकाथिए । प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेका हेटौंडा–११ का पवन राइ खेलको म्यान अफ दी म्याच घोषित भएका थिए । उनले नगद २ हजार सहित शिल्ड प्राप्त गरे ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुखअतिथि हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँले गरेका थिए । नगर खेलकुद विकास समिति अध्यक्ष रविन्द्र घिमिरेको सभाध्यक्षतामा भएको उद्घाटन समारोहमा उपमेयर बानियाँलको प्रमुख आतिथ्यता रहेको थियो । यही जेठ १३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । प्रतियोगितामा हेटौंडाका १९ वटै वडाका क्लबको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*