जुनियर खेलाडीको ग्रेडिङ सम्पन्न

साझाकुरा
२०८३ जेष्ठ २५, सोमबार ०९:२५

हेटौंडा-रचना तेक्वान्दो डोजाङअन्तर्गतका जुनियर खेलाडीको ग्रेडिङ सफलतापूर्वक सम्पन्न भएको छ । आइतबार हेटौंडा–६ रामनगरस्थित बालजागृति युवावर्ष माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना गरिएको ग्रेडिङ कार्यक्रममा रचना तेक्वान्दो डोजाङमा प्रशिक्षण लिइरहेका खेलाडी सहभागी भएका थिए । ग्रेडिङ सेतो पेटीदेखि फूल रेड बेल्टसम्मका खेलाडीका लागि सञ्चालन गरिएको थियो ।

कार्यक्रममा २१ जना जुनियर खेलाडीले आफ्नो दक्षता र सीप प्रदर्शन गर्दै प्रमोशनका लागि प्रतिस्पर्धा गरेका थिए । ग्रेडिङमा उत्कृष्ट खेलाडीका रुपमा सुविन गौतमलाई पुरस्कृत गरिएको थियो । समाजसेवी कृष्णप्रसाद दुलालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा हिमालयन राइर्डस सोसाइटीका प्रतिनिधिका साथै स्थानीय अभिभावकको उपस्थिति रहेको थियो । प्रशिक्षक ईश्वर श्रेष्ठका अनुसार ग्रेडिङमा सहभागी खेलाडीको नतिजा सोमबार सार्वजनिक गरिनुको साथै ग्रेडिङ प्रमाणपत्र प्रदान गरिनेछ । स्थान अभावका कारण साना बालबालिकाले खुलाचौरमै अभ्यास गर्न बाध्य भएका छन् । वडा नम्बर ६ रामनगरमा कभर्ड हल नहुँदा खेलाडी घामपानी हिलोबीच प्रशिक्षण लिइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*