मकवानपुरका पालिकालाई ४ अर्ब ७४ करोड संघीय अनुदान
हेटौंडा-आर्थिक वर्ष २०८२÷८३ का लागि संघीय सरकारबाट मकवानपुरका १० स्थानीय तहका लागि ४ अर्ब ७४ करोड २५ लाख रुपैयाँ वित्तीय हस्तान्तरणमार्फत बजेट विनियोजन भएकोे छ । आर्थिक वर्ष २०८२÷८३ का लागि गरिएको बजेट भाषण मार्फत बजेट विनियोजन गरिएको हो । संघीय सरकारले वित्तीय हस्तान्तरणअन्तर्गत वित्तीय समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान प्रदेश तथा स्थानीय तहलाई पठाउने गरिएको छ । अघिल्ला वर्षहरुमा जस्तै वित्तीय हस्तान्तरणमार्फत प्राप्त हुने बजेटको आकारमा हेटौंडाले सबैभन्दा बढी पाएको छ । हेटौंडा उपमहानगरपालिकाले समानीकरण अनुदान २९ करोड ७६ लाख, सशर्त अनुदान ८३ करोड ४९ लाख, विशेष अनुदान १ करोड ५० लाख र समपूरक अनुदान ४ करोड ७५ लाख गरी कुल १ अर्ब १९ करोड ५० लाख रुपैयाँ पाएको छ ।
त्यसैगरी थाहा नगरपालिकाले ४६ करोड ५४ लाख बजेट प्राप्त गर्दा बकैयाले ५१ करोड ३१ लाख रुपैयाँ बजेट पाउने भएको छ । थाहानगरले समानीकरण १२ करोड ३९ लाख, सशर्त ३१ करोड ६६ लाख, विशेष २ करोड र समपूरक अनुदान ४९ लाख रुपैयाँ पाएको छ भने बकैयाले समानीकरण १२ करोड ९५ लाख, सशर्त ३६ करोड ६७ लाख, विशेष अनुदान ७५ लाख र समपूरक अनुदान १ करोड पाएको छ । जिल्लाकै सबैभन्दा सानो पालिका ईन्द्रसरोवर गाउँपालिकाले समानीकरण अनुदान ७ करोड ११ लाख सशर्त अनुदान १२ करोड ८१ लाख विशेष ६८ लाख र समपूरक अनुदान ७६ लाख गरी कुल २१ करोड ३६ लाख रुपैयाँ पाएको छ ।
ईन्द्रसरोवर जिल्लामै सबै भन्दा कम बजेट पाउने पालिका हो । कैलाश गाउँपालिकाले समानीकरण अनुदान ९ करोड ८३ लाख, सशर्त अनुदान १९ करोड ३४ लाख, विशेष अनुदान ७५ लाख र समपूरक अनुदान २ करोड ५८ लाख रुपैयाँ गरी कुल ३२ करोड ५० लाख रुपैयाँ पाएको छ । बागमती गाउँपालिकाको लागि समानीकरण अनुदान ११करोड ७० लाख, सशर्त अनुदान २९ करोड ६१ लाख, विशेष अनुदान ३ करोड ८५ लाख र समपूरक अनुदान ९० लाख रुपैयाँ गरी कुल ४६ करोड ६ लाख विनियोजनभएको छ ।
भीमफेदी गाउँपालिकाको लागि समानीकरण अनुदान १० करोड ५२ लाख, सशर्त अनुदान ३० करोड १४ लाख, विशेष अनुदान ५५ लाख र समपूरक अनुदान ३ करोड ४१ लाख गरी कुल ४४ करोड ६२ लाख रुपैयाँ विनियोजन भएको छ । मकवानपुरगढी गाउँपालिकाको लागि समानीकरण अनुदान १० करोड ७ लाख, सशर्त २९ करोड ४ लाख, विशेष अनुदान २ करोड र समपूरक अनुदान १ करोड ५० लाख रुपैयाँ गरी ४२ करोड ६१ लाख रुपैयाँ विनियोजन भएको छ ।
मनहरी गाउँपालिकाको लागि समानीकरण अनुदान १२ करोड ५३ लाख, सशर्त अनुदान २२ करोड ४४ लाख, विशेष अनुदान ९० लाख र समपूरक अनुदान ५२ लाख करी कुल ३६ करोड ३९ लाख रुपैयाँ विनियोजन गरेको छ । राक्सिराङ गाउँपालिकालाई समानीकरण अनुदानतर्फ १० करोड २५ लाख, सशर्त अनुदान २०करोड ६१ लाख, विशेष १ करोड ७५ लाख र समपूरक अनुदान ६८ लाख रुपैयाँ गरी कुल ३३ करोड २९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।मकवानपुरका लागि कुल समानीकरण १ अर्ब २७ करोड ११ लाख, सशर्त अनुदान ३ अर्ब १५ करोड ८२ लाख, विशेष अनुदान १४ करोड ७३ लाख र समपूरक अनुदान १६ करोड ५९ लाख वित्तीय हस्तान्तरणमार्फत बजेट प्राप्त भएको छ ।







