राक्सीराङको बजेट ६३ करोड ५२ लाख

हेटौंडा-राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि कुल ६३ करोड ५२ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ ।चालु आर्थिक वर्ष २०८१÷८२ को तुलनामा ८ करोड ९० लाख ५८ हजार रुपैयाँ अर्थात् १६ दशमलब ३ प्रतिशतले वृद्धि गरी गाउँपालिकाले बजेट ल्याएको हो । गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले मंगलबार बसेको गाउँ सभामा पेश गरेको बजेटमा चालु र पूँजीगत खर्चको विवरणसँगै संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक स्रोतबाट जुटाइने आम्दानी समावेश गरिएको छ ।
बजेट अनुसार आगामी वर्ष चालु खर्चतर्फ ४८ करोड ५३ लाख ५४ हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ १४ करोड ९८ लाख ७७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।वित्तीय स्रोतको विश्लेषण गर्दा संघीय सरकारबाट ४३ करोड ८९ लाख ७८ हजार रुपैयाँ, प्रदेश सरकारबाट १० करोड ५८ लाख २२ हजार रुपैयाँ अनुदान प्राप्त हुनेछ भनेगाउँपालिकाले आन्तरिक स्रोतबाट ९ करोड ४ लाख ३० हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।