भीमफेदी गाउँपालिकाको बजेट ९० करोड

साझाकुरा
२०८२ असार ११, बुधबार १३:०२

हेटौंडा- भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । पालिका अध्यक्ष हिदम लामाको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष संजीव श्रेष्ठले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।चालु आर्थिक वर्षमा ८५ करोड ४५ लाख ८७ हजार ९ सय ९८ रुपैयाँ २० पैसाको बजेट प्रस्तुत गरेको गाउँपालिकाले यसपटक ९० करोड ६ लाखको बजेट ल्याएको छ ।

नीति तथा कार्यक्रमले समग्र भीमफेदी गाउँपालिकालाई विकसित बनाउन महत्वपूर्ण योगदान पु¥याउने अध्यक्ष लामाले बताए । भीमफेदीका प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने, ऐतिहासिक भीमफेदी सहरलाई पुर्नजागृत गरी सास्कृतिक सहरको रुपमा विकास गर्ने, निजीक्षेत्रबाट केबलकार निर्माण गरी पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न अवाश्यक सहजीकरण गर्ने योजना पालिकाको छ ।

नीति तथा कार्यक्रम अनुसार, आगामी आर्थिक वर्षमा गाउँपालिकाले पालिका क्षेत्रभित्र उत्पादन हुने हरियो तरकारी रायोको साग, मुला, बन्दा, काउलीको उचित बजारमूल्य पाउने गरी प्रदेश सरकारको सहयोगमा कृषिउपज प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरेको छ । पालिकाभित्र दर्ता हुने व्यवासयिक प्रतिष्ठानलाई निशुल्क दर्ता गर्ने व्यवस्था गरिएको छ भने लगानीमैत्री वातावरण बनाउन नीतिगत र कानूनी व्यवस्था गर्ने लक्ष्य पालिकाको छ । अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिकसुरक्षाकोषमा आवद्ध गराएर चर्चामा रहेको भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

यसमा पालिका स्वास्थ्य महिला स्वयम्सेविकालाई पनि आवद्ध गराउने नीति लिइएको अध्यक्ष लामाले बताए । यसअघि अनौपचारिक क्षेत्रका श्रमिकका निम्ति सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने कार्यक्रममा अध्यक्ष लामाले आगामी आर्थिक वर्षबाट महिला स्वयमसेविकालाई पनि सहभागी गराउने घोषणा गरेका थिए, सोही घोषणालाई कार्यान्वयन गर्न लागिएको हो । शिक्षाको माध्यमबाट सभ्य, खुसी, सुखी, शान्त, सुसस्कृत, शिक्षित, समृद्ध र समतामूलक समाज निर्माण गर्ने लक्ष्य भीमफेदीले राखेको उपाध्यक्ष श्रेष्ठले बताए ।

त्यसका लागि नीति तथा कार्यक्रममा महत्वपूर्ण व्यवस्था गरिएको उनको भनाइ छ । घरेलु उत्पादनमा आधारित दिवाखाजा ढाँचा अपनाउने योजना पालिकाको छ । प्राविधिक तथा उत्पादनमूलक शिक्षा, समृद्ध भीमफेदीको इच्छा नारालाई मूर्त रुपदिन प्राविधिकर माटो सुहाउँदो शिक्षालाई निरन्तरता दिइने भएको छ । आगामी आर्थिक वर्षबाट तामाङ भाषामा अध्ययन अध्यापनको व्यवस्था मिलाउने गरी नीति सार्वजनिक गरिएको छ । शुक्रबारलाई कितावरहीत दिनको रुपमा लागू गर्ने तयारी गाउँपालिकाको छ ।

पालिकाले विपन्न नागरिक उपचार सहायता आकस्मिक कोषको स्थापना गर्ने भएको छ । पालिकाले खानेपानी, सस्कृति प्रवद्र्धन र सम्पदाको संरक्षण, लैगिंकसमानता तथा समाजिक समावेशीकरणलगायत क्षेत्रमा सबल योजना ल्याइएको प्रमुख प्रशासकीय अधिकृत जीवन कुंवरले बताए । पालिकाभित्र निकै समस्याको रुपमा रहेको विपद् व्यवस्थापनतर्फ पनि पालिकाले विभिन्न काम गर्ने भएको छ । पालिकाको वनक्षेत्रको संरक्षण, विकास र बहुउपयोग गर्ने नीति लिइएको गाउँपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*