यसवर्ष पनि जनकपुर र म्यानेजमेन्टबीच सहकार्य

साझाकुरा
२०८२ कार्तिक ३०, शनिबार १४:३०

हेटौंडा- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्स र हेटौंडा स्कुल अफ म्यानेजमेन्टबीच यसवर्ष पनि सहकार्य हुने भएको छ ।एनपिएलको साविक बिजेता जनकपुरसँग गत वर्षपनि म्यानेजमेन्टले सहकार्य गरेको थियो । मंसिर १ गतेदेखि काठमाडौंमा सुरु हुने एनपीएलमा म्यानेजमेनटले शैक्षिक सहयोगीको रुपमा जनकपुर बोल्ट्ससँगको सहकार्यलाई निरन्तरता दिएको हो । जनकपुर बोल्ट्स र म्यानेजमेन्टबीच शुक्रबार सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशी र जनकपुर बोल्ट्सको सहलगानीकर्ता मध्येका एक महेशराज सिग्देलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार कलेजले करिब २५ लाख रुपैयाँबराबरको सहयोग गर्ने भएको छ । क्लबका खेलाडीले प्रयोग गर्ने हेलमेट, क्याप र ह््याडसमा म्यानेजमेन्टको लोगो प्रयोग हुनेछ । जनकपुरका कप्तान अनिल साह र ब्याटर शुभ कंसाकार यसै कलेजमा अध्ययन गरेका कारण सम्झौतालाई नवीकरण गरिएको प्रिन्सिपल जोशीले जानकारी दिए । ‘म्यानेजमेन्टले लामो समयदेखि खेलकुदको क्षेत्रमा लगानी गरिरहेको छ । हामी जनकपुरसँग जोडिन पाउँदा असाध्यै खुसी छौं,’ प्रिन्सिपल जोशीले भने ।

क्लबका सहलगानीकर्ता सिग्देलले यसवर्ष उपाधि रक्षागर्ने अभियानका साथ टोली तयार पारेको दाबी गरे । मंसिर १ गते हुने उद्घाटन खेलमा जनकपुरले काठमाडोँ गोर्खाजसँग प्रतिस्पर्धा गर्ने छ । गत संस्करण उपाधिको बलियो दाबेदार मानिएको सुदुरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*