थाहानगरको गोपाली गाउँमा वृहत साँस्कृतिक कार्यक्रम हुने

साझाकुरा
२०८२ मंसिर ६, शुक्रबार १०:४६

हेटौंडा- मकवानपुर थाहा नगरपालिकाको गोपालीगाउँमा वृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।ऐतिहासिक तीनवर्षे इन्द्रायणी जात्राको अवसर पारेर गोपाली साँस्कृतिक साँझले मंसिर १९ गते कार्यक्रम आयोजना गर्न लागेको हो ।वृहत साँस्कृतिक कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने गोपाली साँस्कृतिक साँझका अध्यक्ष सुशान्त गापालीले जानकारी दिए । थाहा–३ को गोपालीगाउँमा हुने कार्यक्रममा गायक शिव परियार तथा न्हुज ब्याण्ड र स्थानीय कलाकारको प्रस्तुति रहने अध्यक्ष गोपालीले जानकारी दिए । कार्यक्रम गोपालीगाउँमा मंसिर १९ गते अपरान्ह ४ बजेबाट सुरुहुने आयोजकले जनाएको छ ।

औद्योगिक शान्ति नेपालले व्यवस्थापन गर्ने कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ३ को कार्यालय, गोपाली समाज, शिखर क्लब, शिखरकोट बजार व्यवस्थापन समिति, नवजागरण मासिक बचत समूह, बजार व्यवस्थापन समिति शिखरकोट सहआयोजक रहेका छन् । कार्यक्रमको अफिसियल मिडिया पालिका प्रेस डटकमलगायतका मिडिया रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*