मकवानपुरको मतगणना जारी, दुबै क्षेत्रमा रास्वपा अगाडि

साझाकुरा
२०८२ फाल्गुन २३, शनिबार १२:५२

हेटौंडा-मकवानपुरको दुईवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा रहेको छ ।यो समाचार तयार पार्दासम्म क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश गौतम ८ हजार ९ सय ४६ मतसहित अग्रस्थानमा छन् । त्यसैगरी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ ले १ हजार ७ सय २६ मत पाउँदा एमाले उम्मेदवार रामेश्वर रानाले १ हजार ५ सय १५, राप्रपाका दीपकबहादुर सिंहले १ हजार ८७ र नेकपाका विजय गौतमले ५ सय ७ मत पाएकाछन् । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती ४ हजार ७ सय ४६ मतसहित अगाडि छन् ।

नेपाली कांग्रेस उम्मेदवार बुद्ध लामाले २३ सय ९ मत पाएका छन् । एमाले उम्मेदवार महेशकुमार बर्तौलाले १९ सय ४५ मत पाएका छन् भने नेकपाका उम्मेदवार लवशेर विष्टले ११ सय ०३ मत ल्याएका छन् । मतगणना अहिले पनिहेटौंडा–४ स्थित भुटनदेवी माविमा जारी छ । बिहिबार सम्पन्न निर्वाचनमा १ लाख ८६ हजार ५ सय ५१ जनाले मत हालेका थिए । जसमध्ये ९६ हजार ६ सय ३४ पुरुष, ८९ हजार ९ सय १२ महिला र अन्य ५ जनाले मत हालेका थिए ।

२ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नं. १ मा ४७ हजार ६ सय ७० पुरुष, ४७ हजार ६ सय ३६ महिला र अन्य ४ जना गरी कुल ९५ हजार ३ सय १० जनाले मत हालेका थिए । त्यसैगरी क्षेत्र नं. २ मा ९१ हजार २ सय ४१ मत खसेको थियो । जसअन्तर्गत ४८ हजार ९ सय ६४ पुरुष, ४२ हजार २ सय ७६ महिला र अन्य १ जनाले मतदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*