मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघमित्र’ अभियान

साझाकुरा
२०८३ बैशाख ११, शुक्रबार ०८:२७

हेटौंडा-बाघलगायत वन्यजन्तुबाट हुने क्षतिका घटना न्यून गर्न पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’ अभियान सञ्चालन गरेको छ ।मानव–वन्यजन्तु सहअस्तित्व प्रवद्र्धन गर्ने तथा वन्यजन्तुबाट हुने क्षतिलाई शून्यमा झार्ने लक्ष्यसहित निकुञ्जले यो अभियान सञ्चालन गरेको हो । निकुञ्जसँग जोडिएको पर्सा, बारा र मकवानपुरका डिभिजन वन कार्यालयको समन्वयमा समुदायस्तरमा अभियान सञ्चालन गरिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाले बताए । अभियानअन्तर्गत् समुदायको अग्रसरतामा वन्यजन्तुको महत्वबारे चेतना जगाउने, वन्यजन्तुबाट कसरी बच्ने, समस्या परेका बखत कसरी समाधान खोज्ने ? लगायत छलफल जारी छन् ।

बाघका माध्यमबाट पर्यापर्यटन प्रवद्र्धन गर्न सकिनेमा जोड दिँदै उनले जंगलमा आगो लगाउने, चोरीशिकारी जस्ता गतिविधिका कारण वन्यजन्तु जंगलबाट बाहिर निस्कने गरेकाले त्यस्ता गतिविधि हुननदिनेतर्फ सबैलाई सचेत गर्न अभियान सञ्चालन गरिएको बताए । यसैबीच निकुञ्ज प्रशासनले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा बाघसहितका वन्यजन्तुबाट पीडित भएकालाई क्षतिपूर्तिस्वरुप १९ लाख रुपैयाँ प्रदान गरिएको जनाको छ । वन्यजन्तुबाट सबैभन्दा बढी हानि मकवानपुरमा भएको छ ।

सोहीअवधिमा हातहतियार सिकारी तथा वन काठपात दाउरा सम्बन्धी सातवटा मुद्दादर्ता भएका छन् । हातहतियार सिकारीसम्बन्धी ६ वटा र वन काठपात दाउरा सम्बन्धी एउटा मुद्दादर्ता हुदाँ १५ जना पक्राउ परेका छन् ।त्यसैगरी, निकुञ्जले गिट्टीबालुवा तथा वनपैदावारको सलामी शुल्कवापत ६० लाख ५३ हजार राजस्व संकलन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*