मनहरीमा पहिलोपटक करदाता सेवा सुुरु हुँदै

साझाकुरा
२०८३ बैशाख ९, बुधबार ११:४९

हेटौंडा, ८ बैशाख÷ मकवानपुर जिल्लामै पहिलोपटक मनहरी गाउँपालिकाबाट करदातासेवा सुरु हुने भएको छ । वैशाख९ गते बुधबारबाट यो सेवा सुरु गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।संघीय सरकारले गत कात्तिक १७ गतेको निर्णयबाट स्थानीय तहबाट करदाता सेवा प्रदान गर्ने निर्णय गरे अनुसार मकवानपुरमा पहिलोपटक स्थानीय तहमार्फत सेवा सुरुहुन लागेको जनाइएको छ ।अब गाउँपालिकाबाटै व्यक्तिगत र व्यावसायिक स्थायीलेखा (प्यान) नम्बर जारी हुनेछ भने व्यावसायिक तथा व्यक्तिगत स्थायीलेखा नम्बरमा रुपान्तरण सम्बन्धी कार्य पनिहुनेछ । यस्तै आयकर दर्ता तथा स्थायीलेखा नम्बर दर्तासँग सम्बन्धित संशोधित कार्य पनि गाउँपालिका कार्यालयबाटै हुने गाउँपालिका राजस्व शाखा अधिकृत राजीव बानियाँले जानकारी दिए ।

अन्तःशुल्कको इजाजतपत्र जारी तथा नवीकरणको कार्यको लागि सम्बन्धित आन्तरिक राजस्व कार्यालयसँग सहजीकरण गरी प्रमाणपत्र जारी गर्ने तथा अन्तःशुल्क लाग्ने वस्तुको खरिदविक्री गर्ने इजाजतपत्र मात्र जारी एवम् नवीकरण गर्ने काम पनि स्थानीय तहबाटै हुने आन्तरिक राजस्व विभागबाट जारी कार्य सञ्चालन कार्यविधिमा उल्लेख छ । त्यस्तो प्रमाणपत्र जारी गर्नुपूर्व अन्तःशुल्कको नयाँ इजाजतपत्र तथा नवीकरण कार्यको लागि आवश्यक कागजात रुजुगरी सबमिट गर्ने र प्रमाणीकरणको लागि सम्वन्धित आन्तरिक राजस्व कार्यालयमा रेफर÷फरवार्ड गर्ने साथै अन्तिम तहको रुजु सम्बन्धित आन्तरिक राजस्व कार्यालयबाट भई करअधिकृतले डिजिटल हस्ताक्षर जारी गर्ने कार्यविधिमा उल्लेख छ ।

मनहरी गाउँपालिकामा करदाता सेवा प्रदान गर्न तीनजना कर्मचारीलाई आन्तरिक राजस्व कार्यालय हेटौंडाले तालिम प्रदान गरी आवश्यक उपकरणको व्यवस्थापन गरिसकेको छ । यो सेवाले करदातालाई सहजता हुने, करभुक्तानीको लागत र समय घट्ने तथा सुशासन प्रवद्र्धनमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए । नेपाल सरकार मन्त्रिपरिषद्को गत कात्तिक १७ को निर्णयले करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय गरेको थियो । सुरुमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सुरु गरिएको यो कार्यक्रम अब स्थानीय तहबाट सुरु गर्न लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*