सिस्नुपानीले लुइँटेल र न्यौपानेलाई सम्मान गर्दै

साझाकुरा
२०८३ बैशाख ९, बुधबार ११:४२

हेटौंडा- सिस्नुपानी नेपाल मकवानपुरले हास्यव्यङ्ग्य विशेष प्रतियोगितात्मक प्रहसन र हास्यव्यङ्ग्य क्षेत्रका दुईजना स्रष्टालाई सम्मान गर्नेभएको छ ।हास्यव्यङ्ग्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएवापत दुईजना सर्जकलाई सम्मान गर्न लागिएको हो । २५ हजार रुपैयाँ राशिको डा.गणेशकुमार पौडेल हास्यव्यङ्ग्य सम्मान २०८२ फित्कौली अनलाइनका प्रधानसम्पादक नरनाथ लुइँटेल र आरसी रिजाल हास्यव्यङ्ग्य सम्मान २०८२ हास्यव्यङ्ग्य कलाकार सीता न्यौपानेलाई प्रदान गरिने सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष संप्रस पौडेलले जानकारी दिए । आरसी रिजाल हास्यव्यङ्ग्य सम्मानको पुरस्कार राशि २० हजार रुपैयाँ रहेको छ । सम्मान यही वैशाख १९ गते शनिबार प्रदान गर्ने कार्यक्रम रहेको छ ।

हेटौंडा उपमहानगरपालिकाको सहयोगमा मकवानपुर जिल्लामा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थी प्रतियोगीका रुपमा सहभागी हुने गरी हास्यव्यङ्ग्य विशेष प्रतियोगितात्मक प्रहसन कार्यक्रम गरिने भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र सात हजार तथा प्रोत्साहनवापत चार हजार रुपैयाँसहित पुरस्कृत गरिने अध्यक्ष पौडेलले बताए । प्रत्येक समूहमा दुईदेखि पाँच जनासम्म सहभागी हुन पाउने व्यवस्थागरिएको छ । सामाजिक, राजनीतिक, आर्थिक तथा प्रशासनिक बेथिति लगायत समसामयिक विषयमा हास्यव्यङ्ग्य र बोलिचाली तथाशारीरिक हाउभाउको नक्कल गरी प्रहसन प्रतियोगितामा समावेश गर्न सकिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*