चित्लाङ बागमती गोल्डकपको फाइनलमा

साझाकुरा
२०८३ बैशाख २५, शुक्रबार ११:४१

हेटौंडा- चित्लाङ एफसी, काठमाडौं मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौं संस्करणको बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सहिदस्मृति रंगशालामा बिहीवार भएको दोस्रो सेमिफाइनल खेलमा सिमराको नवजनजागृति क्लबलाई ५–१ गोलले हराउँदै चित्लाङ गोल्डकपको फाइनलमा पुगेको हो । चित्लाङका लागि विदेशी खेलाडी सोलोमन किङले खेलको ४३ औं र ८७ औं मिनेटमा, एरोन थापाले ७८ औं र ८१ औं मिनेटमा गोल गरे भने समीर तामाङले ७९ औं मिनेटमा गोल गरे । जनजागृतिका लागि बिक्रम लामाले ८३ औं मिनेटमा एक गोल फर्काए । चित्लाङका सोलोमन प्लेयर अफ दि म्याच घोषित भए । उनले १० हजार प्राप्त गरे ।

चित्लाङ एपीएफलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेको थियो भने क्वाटरफाइनलमा मछिन्द्रलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । चित्लाङले अब उपाधिका लागि शनिबार सर्लाहीको बागमती युथ क्लबसँग भिड्नेछन् । बुधबार भएको पहिलो सेमिफाइनलमा फ्रेन्ड्स क्लबलाई हराउँदै बागमती फाइनल प्रवेश गरिसकेको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र विधागत उत्कृष्टहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*