४५ जनाले गरे रक्तदान
हेटौंड-विकास बैंकले आफ्नो स्थापनाको ३२ औं वार्षिकोत्सवको अवसरमा हेटौंडास्थित बैंक परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको रक्तदान कार्यक्रममा ४५ जना रक्तदाताले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाईटी मकवानपुरको समन्वय र सहकार्यमा कार्यक्रम भएको हो । २०५२ सालमा स्थापित एती फाइनान्स कम्पनी लिमिटेडलाई यती विकास बैंक हुँदै मर्जपछि बनेको महालक्ष्मी बैंकले नेपालमा १ सय ३ शाखाबाट करीब ८ लाख सेवाग्राहीलाई वित्तीय सेवा पु¥याइरहेको छ । महालक्ष्मी विकास बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त वित्तीय संस्था हो ।







