एक वर्षमा प्रेस स्वतन्त्रता हननका १०१ घटना

साझाकुरा
२०८३ श्रावण २८, बिहीबार ११:२९

हेटौंडा-गत एकवर्षको अवधिमा देशका विभिन्न स्थानमा प्रेस स्वतन्त्रता हननका १ सय १ वटा घटना भएका छन् । प्रेस काउन्सिल नेपालले बुधबार सार्वजनिक गरेको वार्षिक अभिलेख अनुसार वि.सं. २०८२ साउन १ देखि २०८३ असार मसान्तसम्मको अवधिमा पत्रकार र सञ्चारमाध्यम माथि उल्लिखित संख्यामा विभिन्न प्रकृतिका हस्तक्षेप तथा आक्रमण भएका हुन् । काउन्सिलका प्रवक्ता दीपक खनालले जारी गरेको विज्ञप्ती अनुसार यी घटनाबाट १ सय १९ श्रमजीवी पत्रकार प्रभावित भएका छन् । पीडित हुनेमा १ सय १३ जना पुरुष र ६ जना महिला पत्रकार छन् । कतिपय घटनामा एकभन्दा बढी पत्रकार पीडित भएकाले घटनाको संख्याभन्दा पीडितको संख्या बढी देखिएको काउन्सिलले स्पष्ट पारेको छ ।

काउन्सिलकाअनुसार यस अवधिमा पत्रकारलाई धम्की दिइएका घटना सबैभन्दा बढी छन् । त्यसैगरी २७ वटा आक्रमण, १३ वटा पेसागत असुरक्षा, १० वटा कब्जा तथा अवरोध र ५ वटा दुव्र्यवहारका घटना भएका छन् । सोही अवधिमा गिरफ्तारीका ३, गालीगलौजका ३, नीतिगत बन्देजका ३ र शंकास्पद मृत्युको १ वटा घटना घटेको काउन्सिलले जनाएको छ । सोहीअवधिमा प्रेस स्वतन्त्रताको दुरुपयोगका ४ वटा घटना भएको पाइएको छ, जसमा बागमती प्रदेशमा २ तथा मधेश र कोशी प्रदेशमा १÷१ वटा घटना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*