कैलाश गाउँपालिका अध्यक्ष मोक्तानविरुद्ध विशेष अदालतमा मुद्दा

साझाकुरा
२०७८ आश्विन १६, शनिबार १३:११

हेटौंडा/मकवानपुरको विकट क्षेत्रमा पर्ने कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । भ्रष्टाचार अभियोगमा अध्यक्ष मोक्तानसहित ६ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

तालिम सञ्चालन गरी अनियमितता गरेको भन्दै अख्तियारले गाउँपालिका अध्यक्ष मुक्तानसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको जनाएको छ । अध्यक्ष मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापामगर र सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेलविरुद्ध मुद्दा दर्ता गरिएको हो ।आर्थिक वर्ष ०७५÷७६ मा युवा क्षमता विकास तथा आधारभूत पत्रकारिता तालिम सञ्चालन गरी उनीहरुले दुई लाख ६० हजार नौ सय रुपैयाँ अनियमितता गरेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*