ठकुरी तेक्वान्दो संघको केन्द्रीय सदस्य निर्वाचित

साझाकुरा
२०७८ आश्विन १७, आईतवार ०९:४५

हेटौंडा/हेटौंडाका युवा व्यवसायी तथा पूर्व खेलाडी दिपेन्द्रचन्द ठकुरी नेपाल तेक्वान्दो संघको केन्द्रीय सदस्य निर्वाचित भएका छन् । भैरहवामा भएको संघको राष्ट्रिय अधिवेशनले ठकुरीलाई केन्द्रीय सदस्यमा निर्वाचित गरेको हो । ठकुरी तेक्वान्दोमा ‘थ्री डान’ हुन् ।  ठकुरी संघ मकवानपुरमा दुई पटक कोषाध्यक्ष पनि भइसकेका छन् । मकवानपुर भेट्रान्स तेक्वान्दोका अध्यक्षसमेत रहेका
ठकुरीले जिल्लामा तेक्वान्दो क्षेत्रको विकासमा आफूलो सक्दो भूमिका खेल्ने प्रतिक्रिया दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*