किसानलाई १० लाख लाभांश वितरण
हेटौंडा/हेटौंडा–६, चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाले आफना दुग्ध उत्पादक किसानहरुलाई १० लाख ४८ हजार लाभांश वितरण गरेको छ । संस्थाको ३० औं स्थापना दिवसको अवसरमा लाभांस वितरण गरिएको हो । संस्थाले किसानहरुलाई आव ०७७÷०७८ को प्रतिलिटर ४ रुपैयाँका दरले ४ सय ६२ किसानहरुलाई उक्त रकम वितरण गरेको संस्थाका व्यवस्थापक लक्ष्मण सापकोटाले बताए ।
हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष श्याम प्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा दुग्ध विकास बोर्ड बागमती प्रदेशका सञ्चालक सदस्य बासुदेव अधिकारी, संस्थापक अध्यक्ष हरिप्रसाद सिग्देल, सल्लाहकार बासुदेव सापकोटा, कृषक हितकोषका संयोजक रामहरि चौलागार्इंलगायतले मन्तव्य व्यक्त गरेका थिए ।







