हातेमालोको लगानी ४१ करोड

साझाकुरा
२०७८ आश्विन १७, आईतवार १२:३७

हेटौंडा÷ग्रामिणदेखि सहरी क्षेत्रमा कार्यक्षेत्र बनाई सञ्चालित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले एकवर्षमा ४९ करोड भन्दा बढी कारोबार गरेको छ ।हेटौंडा–२ स्थित सहकारीको १५ औं वार्षिक साधारणसभामा गत आर्थिक वर्ष २०७७÷०७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष सिताराम दहालले वार्षिक कारोबार ४९ करोड १८ लाख ८ हजार ४ सय ४९ रुपैयाँ कारोबार भएको जानकारी दिएका छन् ।

उनका अनुसार सहकारीले आफ्ना शेयर सदस्यलाई ४१ करोड ५७ लाख ८६ हजार रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीमा ४ करोड ९५ लाख ६१ हजार शेयर पुजीँ रहेको छ । सहकारीको बचत निक्षेप ३६ करोड ५४ लाख ४५ हजार ८ सय २५ रहेको कोषाध्यक्ष दहालले बताए । उत्कृष्ट बचतकर्तामा समिता ढुंगाना र नेकपा (एकीकृत समाजवादी) का जिल्ला सचिव विष्णुप्रसाद दाहाल, असल ऋणीतर्फ तारादेवी विष्ट, राजेन्द्रकुमार घिमिरे, कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने निश्चल तिमल्सिना र वर्षा बजगाईलाईपुरस्कृत गरिएको सहकारीकी व्यवस्थापक रमला सापकोटाले जानकारी दिइन् ।

बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख अतिथ्यता तथा सहकारीका अध्यक्ष हरिप्रसाद पौडेलको सभाध्यक्षतामा कार्यक्रम भएको हो । साधारणसभामा जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष कल्पना श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो । सहकारीले १० गतेबाट साधारणसभा सुरु गर्दै शनिबार समापन गरेको छ ।
गत आवमा सहकारीलाई सदस्य संख्या ३ सय २८ थप गरी कुल २ हजार १ सय ३५ पु¥याउन सफल भएको छ । सहकारीको कुल कारोबार २७ दशमलव ८३ प्रतिशतले वृद्धि भएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*