मोवाइल एशोसिएसनद्वारा शुभकामना आदानप्रदान

साझाकुरा
२०७८ आश्विन १७, आईतवार १२:१७

हेटौंडा÷मोबाइल एशोसियसन अफ नेपाल (म्यान) मकवानपुरले विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
शनिबार एशोसियसन मकवानपुरका अध्यक्ष दिनेश थिङको अध्यक्षतामा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो ।

कोरोना महामारीमा व्यवसायमा असर परेको भएतापनि चाडपर्वको पूर्व सन्ध्यामा मोबाइल व्यवसायीहरुको जमघट गराई शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरी खुसी साटासाट गरेको अध्यक्ष थिङले बताए ।  कार्यक्रममा म्यानका संस्थापक अध्यक्ष छतेन्द्र आचार्य, सल्लाहकार महेन्द्र राउत, निवर्तमान अध्यक्ष एसिस रिजाल, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*