मकवानपुर कम्युनिटी अष्ट्रेलियाको अध्यक्षमा अधिकारी
हेटौंडा/मकवानपुर घरभइ अष्ट्रेलियाको विभिन्न राज्यमा बसोबास गर्दै आएका नेपालीहरुको साझा संस्था मकवानपुर कम्युनिटी अष्ट्रेलियाको अध्यक्षमा राजकुमार अधिकारी चयन भएका छन् । अष्ट्रेलियाको सिड्नी बस्दै आएका अधिकारीलाई अधिवेशनले दोस्रो पटक पनि अध्यक्षमा चुनेको हो । मकवानपुर कम्युनिटी अष्ट्रेलियाको उपाध्यक्षमा बिरोध थिङ, सचिवमा शुभेक्षा लामिछाने, सह–सचिवमा सुदीप सापकोटा, कोषाध्यक्षमा विषम गौतम र कम्युनिटीको जन सम्पर्क अधिकृतमा सज्जन कार्की चयन भएका छन् ।
यसैगरी कार्यसमिति सदस्यमा सौरभ बानियाँ, सुशील डंगोल, सूजन अर्याल, राजीव सापकोटा, प्रताप सिंह लामा, जीवन जोशी, सुमन बर्तौला, रुपेश बर्तौला, सम्पूर्ण बानियाँ, आयुष अधिकारी, बिकास सिलवाल, संजिव थापा, कमल प्रसाद उप्रेती, युकेश पराजुली, सुमन न्यौपाने, राजन बिष्ट, श्री कृष्ण थापा र सुरेश भोलान गरी २५ सदस्यीय छन ।







