हात्तीको आक्रमणबाट ज्यान गुमाउनेको परिवारलाई सहयोग

साझाकुरा
२०७८ आश्विन १९, मंगलवार ११:५१

हेटौंडा/हात्तीको आक्रमणबाट मृत्यु भएका पारिवारलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मकवानपुरले सहयोग गरेको छ । मृतकको घरमा पुगेर पीडित परिवारलाई माओवादी केन्द्रले नगद २५ हजार रुपैयाँ सहयोग गरेको हो । मनहरी गाउँपालिका वडा नम्बर ६ जोगीताल बस्ने स्थानीय ३२ बर्षीय रामलाल जिम्बाको खेतमा आएको हात्ती धपाउने क्रममा गत भदौ २९ गते आक्रमणमा परेर मृत्यु भएको थियो । बागमती प्रदेश सभा सदस्य तथा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य ओमबहादुर ग्लानले सहयोग हस्तान्तरण गरेका हुन् । चितवन राष्ट्रिय निकुन्जबाट बारम्बार जंगली हात्ती, गैंडा, चित्तल र जरायोलगायत अन्य जीबजन्तुले सास्ती दिने गरेको स्थानीयको गुनासो छ ।

यसको लागि बहु आयामिक ड्याम (बाँध) निर्माण गर्न पहल गरिने र पार्टीले मृतक परिवारलाई सम्बन्धित क्षेत्रसँग राहतको लागि पहल गर्ने समेत प्रदेश सांसद ग्लानले बताए । अहिले पनि जंगली हात्तीले खेत बारीको बाली खान राती आइ बिहान मात्र जंगल छिर्ने गरेको अवस्थामा सबै सजग हुनुपर्ने र अप्रिय घटना हुन नदिन एक्लै एक्लै हिंड्न र धपाउन नजान स्थानीय जनसमुदायलाई अनुरोध गरे ।  कार्यक्रममा माओबादी केन्द्रका प्रदेश कमिटी सदस्य वीरबहादुर घलान (ज्वाला), जिल्ला सदस्य यदुनाथ श्रेष्ठ, मनहरी गाउँपालिका वडा नम्बर ६ का पार्टी अध्यक्ष डम्बर मुक्तान, शोभाकुमारी दोङ लगायत अन्य स्थानीय नेता तथा कार्यकर्ता र स्थानीय समुदायको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*