चित्रेपानीद्वारा उपभोक्तालाई वन पैदावार दिँदै

साझाकुरा
२०७८ आश्विन १९, मंगलवार ११:५५

हेटौंडा/हेटौडा–६ र १५ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहले उपभोक्ताहरुलाई सरल ढंगबाट वन पैदावार उपलब्ध गराउँदै आएको छ ।  समूहको श्रावण १५ गते सम्पन्न भएको २० औं वार्षिक साधारणसभाले उपभोक्ताहरुलाई वनपैदावार उपलव्ध गराउने निर्णय गरेको थियो । नेपाल भारत विद्युत प्रसारण तथा व्यापार आयोजना अन्तरगत संकलन भएको साल, चिलाउने खमारी, बर्रोलगायतका रुखहरु चिरान गरी उपभोक्ताहरुलाई बिक्री बितरण गरिएको समूहका अध्यक्ष सूर्यबहादुर घलानले बताए ।

कोरोना संक्रमणका कारण विगत २ वर्षदेखि वनपैदावार संकलन गर्न नसकिएको र यस वर्ष संकलन गरि डिभिजन वन कार्यालयको सहयोगमा उपभोक्ताहरुलाई विक्री वितरण गरिएको हो । समूहले हाल सम्म ९० जना उपभोक्ताहरुलाई करिव ८ सय क्यूविक फिट काठ वितरण गरिएको लेखा संयोजक भानु प्रताप विडारीले बताए ।  २ वर्षपछि काठ पाउँदा असाध्यै खुशी लागेको उपभोक्ता पूर्णमाया पौडेलले बताइन् । काठ नहुदा घर बनाउन सकेको थिइन अब ढुक्कसँग घर बनाउछु पौडेलले भनिन । पौडेल जस्ता धेरै उपभभोक्ताले काठ पाएका छन् । वनपैदावार विक्री वितरणबाट प्राप्त भएको रकमले अधुरो रहेको समूहको भवन निर्माण गर्ने योजना समूहको रहेको छ ।

यसको साथै वन व्यवस्थापन, महिला आयआर्जन समूह गठन, अवलोकन भ्रमण, सामाजिक विकासका कार्यहरु, छात्रवृति वितरण, आर्थिक सहायता लगायतमा खर्च गर्ने योजना समूहको रहेकीे सचिव रजनी गौतमले बताइन् । करिव १ सय २५ हेक्टर क्षेत्रफल रहेको समूहमा ७ सय घरधुरी आवद्ध छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*