बसपार्कमा सहायता कक्ष

साझाकुरा
२०७८ आश्विन २०, बुधबार ११:२४

हेटौंडा÷ नजिकि“दै गरेको चाडपर्वलाई लक्षित गरी मंगलबारदेखि हेटौंडाको मुख्य बसपार्कमा नागरिक–यात्रु सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ।जिल्ला प्रहरी कार्यालय मकवानपुर र ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौंडा–१० बसपार्क र साना हात र सचेत नागरिक युवा समूहको सहकार्यमा हेल्प डेस्क स्थापना गरिएको हो ।

हेटौंडा उपमहानगरपालिका– १० बसपार्कस्थितमा रहेको सामुदायिक प्रहरी सेवा–उप केन्द्रको कार्यालयमा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरिएको हो । उक्त नागरीक सहायता कक्षको हेटांैडा–१० का वडाध्यक्ष किताबसिं लामा र मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रममा मकवानपुर प्रहरी प्रमुख एसपी राठौरले यात्रुहरुको चाप बढेस“गै यो संकटको अवस्थामा यात्रुहरु ठगिमा नपरुन भन्ने उद्देश्यले यात्रुहरुको सुरक्षा, सुविधा र सहजीकरणका लागि सामुदायिक

प्रहरी सेवा उप केन्द्रको सहकार्यमा नागरिक सहायता कक्षा स्थापना गरिएको बताए । एसपी  रााठौले यात्रुहरुलाई कुनै गुनासो या कुनै अमानविय व्यवहार भएमा प्रहरीको कन्ट्रोल नः १०० मा या ९८५५०९०१५० र ९८५५०९१००० नम्बरमा फोन गर्न सकिने बताए ।उद्घाटन कार्यक्रममा हेटौंडा–१० का वडाध्यक्ष किताबसिं लामाले नागरिक सहयता कक्ष स्थापनाहु“दा नागरिकले ठगिनु नपर्ने र नागरिकले ठगिनु परे कक्षमा रहेका प्रहरीलाई आएर समस्या राख्न अनुरोध गरेका छन् । वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्णप्रसाद बिष्टले नागरिकले बढी भाडा तिर्नु परे र यातायात व्यवसायीले दुख दिए प्रहरीलाई खबर गर्न भने ।

सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौंडा–१०, बसपार्कका अध्यक्ष प्रदिप कड“ेलको सभाध्यक्षता भएको कार्यक्रममा सामुदयिक प्रहरी सेवा केन्द्र हेटौंडा–११ का अध्यक्ष शालिकराम पुडासैनी, सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–९, पशुपतिनगरका अध्यक्ष राम बिष्ट, महिला अधिकारकर्मी शर्मीला  श्रेष्ठ, उप–केन्द्रका पदाधिकारी, स्थानीय, जनप्रतिनिधि, यातायात व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*