‘व्यवसायिक सुरक्षा मेरो पहिलो प्राथमिकता’

साझाकुरा
२०७८ कार्तिक ६, शनिबार ०८:२९

हेटौंडा/ आसन्न मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा कृष्ण गुप्ता अग्रवाल प्यानलबाट उद्योगतर्फको उपाध्यक्ष पदका उम्मेदवार बनेका प्रमोद सिंह रानाभाटले कोरोना संक्रमणको जोखिमका कारण सरकारले विभिन्न समयमा गरेको लकडाउनबाट उद्योगी व्यवसायीहरु मर्कामा परेको बताउँदै उनीहरुको व्यवसायिक सुरक्षाको लागि पहल गर्ने आफ्नो प्रमुख चुनावी एजेण्डा भएको बताएका
छन् । उनले लामो समयको बन्दाबन्दीका कारण मकवानपुरका उद्योगी व्यवसायी पनि धराशायी बन्दै गएको भन्दै बैंकको ब्याज छुट तथा कर छुटजस्ता व्यवसायिक हितका कार्यक्रम ल्याउन आफुले पहल गर्ने बताए ।२०७४ पुसबाट संघको महासचिवको रुपमा कार्यभार संम्हालेका रानाभाटले लकडाउनका कारण सोचेजस्तो काम गर्न नसकेपनि व्यवसायिक हितका लागि वर्तमान कार्यसमितिले उल्लेख्य काम गरेको स्मरण गरे ।

संघले ५ करोडको लागतमा ३० कोठे आवासीय पल्पसा सदन निर्माण गरेको छ । जसमा रानाभाटले व्यक्तिगत ५ लाख रुपैयाँ र अन्य सहयोग जुटाएका थिए । केही दिनभित्रै संचालनको तयारीमा रहेको सो सदन प्रयोग गर्ने व्यवसायी र संचारकर्मीलाई परिचयपत्रको आधारमा २० प्रतिशत छुटको व्यवस्था मिलाइएको र अन्य नागरिकलाई पनि सहुलियत गरिने उनले बताए ।
लक्ष्मी कृषि अटो इन्जिनियरिङ वर्कशपका संचालकसमेत रहेका उनले आफु निर्वाचित भएमा बन्द भएका मकवानपुरका उद्योगधन्दा संचालनको पहल गरी युवाहरुलाई रोजगारीमा आवद्ध गराउने
बताए । उद्योगी व्यवसायीहरुलाई विभिन्न सीपमूलक तालिमको व्यवस्था गर्ने, दक्ष जनशक्ति उत्पादन गर्ने र विशेष गरी व्यवसायीको घरदैलो सम्म पुगेर उनीहरुको समस्या पहिचान गरी समाधानको पहल गर्ने उनको एजेण्डा छ ।

२०३० साल जेठ २९ गते काठमाडौँमा जन्मिएका रानाभाट २०४७ सालबाट मउवा संघमा आवद्ध भए । २०६८ सालमा मउवा संघको सदस्य भएका रानाभाट २०७१ मा कोषाध्यक्षको जिम्मेवारी सम्हाले । २०७४ बाट महासचिव भएर कार्यमार सम्हालेका रानाभाट अब उपाध्यक्ष भएर व्यवसाहिक हितको काम गर्न इच्छा भएको बताउँछन् । मउवासंघमा मात्रै नभई रानाभाटको सामाजिक क्षेत्रमा पनि उपस्थिति देखिन्छ । उनी लायन्स क्लब भुटनदेवी सेन्टीनियलका प्रथम उपाध्यक्ष, अटो मेकानिक संघ मकवानपुरको सल्लाहकार, रोटरी क्लब अफ मकवानपुरको मेम्बरसीप चेयरम्यानको भएर काम गरेका छन् । संघको अधिवेशन ५४ औँ साधारण सभा तथा अधिवेशन कात्तिक ७, ८ र ९ गतेको लागि तय भएको छ । उद्योगतर्फ ८ सय ९१ मतदाता  रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*