परिजात पथको खाल्डाहरु मर्मत गर्न ध्यानाकर्षण

साझाकुरा
२०७८ कार्तिक ६, शनिबार ०८:४२

हेटौंडा/ सचेत नागरिक युवा समुहले हेटौंडा उपमहानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । हेटौंडा–४ परिजात पथ सडकखण्डमा रहेको खाल्डाहरु मर्मत गर्न भन्दै शुक्रबार हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामालाई ध्यानाकर्षण पत्र बुझाइएको हो । सचेत नागरिक युवा समुह हेटौंडाका अध्यक्ष शिवनारायण श्रेष्ठसहितको टोलीले परिजातपथ सडकखण्डस्थित कर्भड हल देखि सितल महल चोकसम्म सडकका खाल्डो मर्मत गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको जनाइएको छ । नेपालीहरुको महान चाड तिहार, छठ र ल्होसार जस्ता मुख्य चाडपर्वहरु नजिकिदै गर्दा यस सडक खण्डमा सवारी साधनहरुको चाप बढ्ने र सडक बिग्रिएका कारण दुर्घटना हुन सक्ने भन्दै ध्यानाकर्षण बुझाएको सचेत नागरिक युवा समुह हेटौंडाका अध्यक्ष शिव नारायण श्रेष्ठ बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*