क्यान्सर पीडित दलार्मी बचाइदिन परिवारको याचना

साझाकुरा
२०७८ कार्तिक ६, शनिबार ०८:४९

हेटौंडा/ मकवानपुरको विकट क्षेत्र कैलाश गाउँपालिकाका क्यान्सर पीडित एक युवकलाई बचाइदिन परिवारले याचना गरेको छ । कैलाश–६ का दिपेश दलार्मी क्यान्सर रोगले पीडित बनेका हुन् । उनको हाल काठमाडौंस्थित क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । थाईमोमा नामक क्यान्सरबाट पीडित दलार्मीको उपचारमा परिवारलाई समस्या परेको छ । आर्थिक अवस्था कमजोर भएका कारण परिवारलाई उपचारमा समस्या परेको परिवारले जनाएको छ ।

उपचार गराउन ठूलो रकमको आवश्यकता परेपछि परिवारले सबैसँग सहयोगको याचना गरेको हो । विश्वनिकेतमा कक्षा १२ पढिरहेका दर्लामीको मुटु कलेजोमा थाईमोमा नामक क्यान्सरको संक्रमण भएको परिवारले  जनाएको छ । दर्लामीको यसअघि टेकु हस्पिटल, टिचिङ हस्पिटल र नेपाल क्यान्सर हस्पिटलमा उपचार भएको थियो । भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको बताउँदै बिरामीका दाजु तुलराव दर्लामीले उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेका छन् । ‘हामीसँग पैसा छैन् । भएको पनि यसअघि उपचार गरेर सकियो । थप उपचार गर्न पैसाको समस्या परेकाले हामीलाई सहयोग आवश्यक भएको हो ।,’ दाजु तुलरावले  भने ।

दर्लामीको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भएको दुईवर्ष भइसकेको तुलरावले बताए । ‘सुरुमा खोकी र छाती दुख्ने भएपछि उपचार गर्दा टेकु हस्पिटलले सामान्य औषधि दिएको थियो । तर, केही महिनापछि क्यान्सर भएको रहेछ ।,’ उनले सुनाए । दर्लामीको उपचारमा हालसम्म १५ लाख रुपैयाँ खर्च भइसकेको दाजु तुलरावले बताए । ‘भाईलाई २१ दिनको अन्तरालमा किमो इन्जेक्सन प्रयोग गरेर राख्नुपर्छ । यसो गर्दा धेरै खर्चालु हुने भएकाले १५ लाख पैसा सक्किसक्यो ।,’ उनले सुनाए । ‘भाईको उपचारमा घरजग्गासमेत बैंकमा धितो राखेर उपचार गरिरहेका थियौं । अब कतैबाट पैसा जुटाउन नसक्ने भएपछि सहयोगको याचना गरेका हौं ।,’ दर्लामीका अर्का दाजु उमेश दलार्मीले बताए । परिवारका अनुसार पीडितको उपचारमा कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानले एक लाख रुपैयाँ सहयोग गरेका थिए ।
पीडितको जीवन रक्षाका लागि भन्दै दिपेश बचाउ अभियान सञ्चालन गरिएको छ । अभियानमा कैलाश गाउँपालिका, थाहा नगरलगायतका क्षेत्रमा घर भई वैदेशिक रोजगारीमा रहेका युवाहरुले सहयोग गरिरहेका छन् । अभियानमा थाहा नगरपालिका घर भई मलेशियामा रहेका लालबहादुर गोले ८ हजार, कैलाश घर भई दक्षिण कोरिया रहेका इन्द्रमान वाइवाले २० हजार, धादिङका अनिल श्रेष्ठले २ हजार सहयोग  गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*