एमालेको वडा अधिवेशन सकियो
हेटौंडा/ मकवानपुरका १० वटा स्थानीय तहको सबै वडाहरुमा नेकपा (एमाले)को वडा अधिवेशन भएको छ । अधिवेशनले सबै वडामा सर्वसम्मतीले समिति चयन गरेको एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठले जानकारी दिए । एमालेको देशभर एकैपटक वडा अधिवेशन भएको हो । मकवानपुरमा शुक्रबार नै हेटौंडाको १७ र ६ नम्बर वडामा सर्वसम्मतीले नयाँ नेतृत्व चयन भएको थियो । बाँकी वडामा शनिवार वडा अधिवेशन भएको र सबै वडामा सर्वसम्मतीले नेतृत्व चयन गरेको सचिव श्रेष्ठले साझाकुरालाई जानकारी दिएका छन् । नेकपा एमाले हेटौडा उपमहानगरपालिकाको १ नम्बर वडामा उत्तमप्रसाद पौडेलको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी चयन भएको छ।
वडा कमिटी ४१ सदस्यीय समितिसम्म बनाउन पाइने सचिव श्रेष्ठले बताए । १ नम्बर वडा कमिटिको उपाध्यक्षमा जगतबहादुर थिंग, सचिवमा नारायण सुनुवार, उपसचिवमा रुपा ढुंगना र महम्वत सफिक तथा सदस्यहरुमा विनोद सापकोटा, इन्साफ केसी, दिपक घिमिरे, अनिल काफ्ले, राजेन्द्र लामा, मायादेबी गौतमलगायत चयन भएका छन् । एमाले हेटौंडा–२ नम्बर वडामा रामकृष्ण तिमल्सिनाको अध्यक्षतामा ३४ सदस्यीय कमिटी बनेको छ । जसको उपाध्यक्ष मिनराज पौडेल, सचिव रेणु श्रेष्ठ, उपसचिव रामप्रसाद ढोडारी र विषलाल खड्गी भयन भए ।
हेटौंडा–३ नम्बर वडामा माधव बर्तौलाको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा राजेन्द्र बर्तौला, सचिव बसन्तकुमार घलान, उपसचिव इन्दिरा थपलिया र देवेन्द्र बर्तौला चयन भए । हेटौंडा–४ नम्बर वडामा राजेन्द्र बस्ताकोटीको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी, ७ नम्बर वडामा कुलप्रसाद त्रिपाठीको अध्यक्षतामा वडा कमिटी गठन गरिएको एमाले सचिव श्रेष्ठले जानकारी दिए । मकवानपुरको सवै स्थानीय तहमा अधिवेशन भएको छ ।







