आगामी साताबाट मकवानपुरमा इ–पासपोर्ट वितरण

साझाकुरा
२०७८ पुष २, शुक्रबार ०७:४६

हेटौंडा-जिल्ला प्रशासन कार्यालय मकवानपुरले आगामी साताबाट विद्युतीय राहदानी (इ–पासपोर्ट) जारीसँगै वितरण प्रक्रिया सुरु गर्ने भएको छ ।
संघीय सरकारले इ–पासपोर्ट लागू गरेसँगै मकवानपुरबाट पनि इ–पासपोर्ट जारी गर्न लागिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरमणि पाण्डेले बताए । आगामी साताको सोमबारबाट मकवानपुरमा इ–पासपोर्ट जारी हुने पाण्डेले जानकारी दिए ।

उनका अनुसार बुधबार र बिहीबार प्रशासनका कर्मचारीलाई इ–पासपोर्टसम्बन्धि तालिमसमेत दिने तयारी अघि बढाइएको छ । यस्तै अन्य प्राविधिक कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाइ छ ।  इ–पासपोर्टका लागि आवेदन दिन राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य आवश्यक पर्छ । यसअघि मकवानपुरको विभिन्न स्थानीय तहका वडाहरुमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन भएपनि त्यसमा छुटेकाहरुले प्रशासन– भित्रैबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण टिपाउन सक्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*