उपाधिका लागि एविसी र नागस्वती भिड्ने

साझाकुरा
२०७८ पुष ३, शनिबार १३:२९

हेटौंडा-हेटौंडामा जारी सातौं भेट्रान्स कप प्रतियोगिता अन्तर्गत् शुक्रबार सेमिफाइनल समीकरण पूरा भएको छ । भेट्रान्स कपको उपाधि नजिक पोखराको एविसी भेट्रान्स र हेटौंडाको नागस्वती भेट्रान्स पुगेका छन् । उपाधिका लागि नागस्वती भेट्रान्स र एविसी पोखराबीच आज शनिबार दिउँसो १ बजे फाइनल खेल तय भएको छ ।  प्रतियोगिता जित्ने टोलीले एक लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । फाइनल खेल हेटौंडा–५ क्याम्पाडाँडा स्थित निर्माणाधिन रंगशालामा हुनेछ ।

उपाधि जित्ने दाउमा रहेको एविसीले सेमीफाइनलमा बानेश्वर भेट्रान्सलाई ४–० गोलको फराकिलो अन्तरले हराएको थियो । एविसीका लागि खेलको ९ औं मिनेटमा महेन्द्र गुरुङले गोल गर्दै खाता खोलेका थिए । यसैगरी दोस्रो गोल १६ औं मिनेटमा सञ्जय गुरुङले गरे । खेलको ३५ र ३८ औं मिनेटमा हरि खड्काले २ गोल थपे । खेलको म्यान अफ द म्याच हरि खड्का घोषित भएका छन् । नागस्वती भेट्रान्सले बगर भाइखलक ‘ए’ लाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा एबिसीसँग भेट पक्का गरेको  थियो । नागस्वतीका निमा लामाले खेलको ६ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको ४४ औं मिनेटमा नरेल लिम्बुले गोल  थपे । खेलको म्यान अफ द म्याच नरेन लिम्बु भए ।  प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खलाडी र प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँसहित ट्रफी तथा मेडल प्रदान गरिने प्रतियोगिताका संयोजक  मणिराज गौतमले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*