अपाड्डता विद्यार्थीका लागि भवन निर्माण सुरु
हेटौंडा- हेटौंडामा अपाड्डता भएका बिद्यार्थीलाई राख्न भवन निर्माणको काम सुरु भएको छ । सि आशा फाउन्डेशनद्वारा संचालित आशा बिशेष पाठशाला तथा पुनस्थापना केन्द्रको भवन शिलान्यास गरिएको छ ।अध्यापन गराउनका लागि बिद्यालय भवन भएपनि आवास गृह नभएकाले यसको निर्माणका लागि काम सुरु गरिएको हो । यस बिद्यालयमा मकवानपुरमा अपाड्डता भएका बालबालिाहरु अध्ययनरत रहेका छन् ।
उनीहरुका लागि आवास गृह निर्माण गर्न लागिएको हो । भवनको हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शिलान्यास गरे । शारिरीक तथा बौद्धिक विकलाङग भएका बिद्यार्थी तथा बालबालिकाहरुको बास स्थानको लागि आवास गृह निर्माण सुरु गरिएको हो ।कार्यक्रममा बोल्दै मेयर महतले अपाड्डता भएकाहरुलाई बस्नको लागि यो भवन निर्माण उपयोगि बन्न सक्ने बताए । अपाड्डता भएकाहरुलाई स्थानीय सरकारले सहयोग गर्दै आएको र अबका दिनपनि सहयोग गर्ने बताए ।







