बर्डफ्लुबारे सचेत रहन मन्त्रालयको आग्रह

साझाकुरा
२०७८ पुष ७, बुधबार १४:१२

हेटौंडा-कृषि तथा पशुपन्छी मन्त्रालय बागमती प्रदेशको आयोजनामा पन्छीमा लाग्ने संक्रमण (बर्डफ्लु) रोग नियन्त्रणबारे जोखिमयुक्त जिल्ला अन्तरगतका स्थानीय तहसँग हेटौंडामा जिल्ला स्तरीय गोष्ठि गरिएको छ ।  बर्डफ्लु रोग नियन्त्रण गर्नका लागि सरोकारवाला निकायले गर्नुपर्ने कामका बिषयमा गोष्ठिमा छलफल भएको थियो । कार्यक्रममा बागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयका सचिब डाक्टर शरणकुमार पाण्डेले बर्डफ्लु रोग नियन्त्रणमा लाग्नका लागि सबै पक्ष लाग्नका लागि आग्रह गरे ।

बर्डफ्लु रोग लागेपछि यस क्षेत्रमा लाग्नु भन्दा पनि बर्डफ्लु रोग भित्रनै नदिनका लागि यसमा सरोकारवाला पक्ष बेलैमा लाग्नुपर्ने सचिब पाण्डेले आग्रह गरे । कार्यक्रममा प्रदेशको पशुपन्छी निर्देशनालयका निर्देशक डाक्टर  रामप्रकाश प्रधानले बर्डफ्लु रोगको अवस्था देखापर्न सक्ने जोखिम लगायतका विषय समेटिएको प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा मन्त्रालयका प्रवक्ता तथा योजना महासाखाका प्रमुख राजन ढकालले कार्यक्रमको उदेस्यबारे प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटा, मकवानपुरका विभिन्न स्थानीय तहमा कार्यरत पशु शाखामा कार्यरत कर्मचारी, कुखुरा व्यवसायी संघका अध्यक्ष गोकुलनाथ पौडेल, स्वास्थ्य कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मण घिमिरे, मकवानपुर उद्योग वाणिज्य संघका वस्तुगत उपाध्यक्ष राजु अधिकारी, सुरक्षा निकायका प्रतिनिधिहरु, विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा मकवानपुरका विभिन्न स्थानीय तहमा कार्यरत पशुप्राबिधिक, सुरक्षा निकायका प्रतिनिधिहरु, बिभीन्न सरोकारवाला निकायका प्रतिनिधिहरु ल्गायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*