कता जाँदैछ हाम्रो समाज ?
पालुङकी १३ वर्षीया बालिकालाई नातामा दाजु पर्ने २१ वर्षीय युवकले बलात्कार गरेको आरोपमा गतवर्ष ९ फागुनमा प्रहरीले गिरफ्तार गरेको थियो । हाडनाता करणीअन्तर्गत् मुद्दा दर्ता भएकोमा जिल्ला न्यायाधिश डिल्लीरत्न श्रेष्ठको इजलाशले ८ मंसिरमा अभियोग आंशिक दावी पुग्ने फैसला गरेपनि कसुर निर्धारण भने गरेको छैन् । हेटौंडा–४, बैंकरोडका कोइराला र हुसेन थर भएकासहित चार जनाले १५ वर्षीया बालिकालाई बन्धक बनाई बलात्कार गरेको अभियोगमा प्रहरीले गत २५ जेठमा पक्राउ गरेको थियो । आरोपित हुसेन २६ जेठमा पक्राउ परे । न्यायाधिश विष्टको एकल इजलाशले २१ साउनमा आरोपित ६ जनामध्ये कोइराला र हुसेनलाई पुर्पक्षका लागि थुनामा पठायो भने बाँकी चार जनालाई ३०÷३० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दियो ।
हेटौंडा उपमहानगरपालिकाकी ७ वर्षीया नाबालिकालाई हेटौंडा–११ बस्ने पाण्डे थरका युवकलाई २८ असोजमा प्रहरीले पक्राउ ग¥यो । आरोपित पाण्डेलाई न्यायाधिश विष्टको एकल इजलाशले २ मंसिरमा उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । माथि उल्लेखित यी घटनाहरु समाजमा अपराधिक क्रियाकलापको उदाहरण मात्र हुन् । यी र यस्ता घटनाले अब हाम्रो समाज कता मोडिँदैछ ?, कस्तो शिक्षा पाउँदैछन् आउँदो पिँडिले ? यो विषय गम्भीर बन्दै गइरहेको छ । बलात्कार घटना न्यूनीकरणका लागि अनेकन योजना, कार्यक्रम, अभियाननै संचालन गरेपनि गौण बनेको अवस्थामा समाज मोडिने दिशा प्रस्ट देखिन्छ । परिवारबाटै ५ जनाको हत्या भएको इन्सेकको अभिलेखमा छ । इन्सेक मकवानपुरले एकवर्षमा बाल अधिकारका घटनामा ३४ जना बालिका पीडित भएकोमध्ये २८ जना बलात्कारको शिकार भएको तथ्यांक प्रस्तुत गरेको हो ।
वर्ष दिनभित्र ५ जना बालिकामाथि यौन दुव्र्यहारका घटना घटेका छन् । १ जना महिला यौन दुव्र्यवहार र ६ जना बहुविवाहको घटनामा पीडितका थिए । यसैगरी १० जनामाथि हत्या भएको तथ्यांकमा उल्लेख छ । जसमध्ये ६ जना महिला र ४ जना पुरुष रहेका छन् । एक जनामाथि कुटपिट भएको थियो । इन्सेकका अनुसार सन् २०२० मा मकवानपुरमा ६२ वटा मानव अधिकार उल्लघंन, ज्यादतीका घटनामा ५० जना महिला, १२ जना पुरुष र एक लैगिंक तथा अल्पसंख्यक महिला पीडित भएका थिए । समिक्षा कार्यक्रममा आफ्नो धारणा राख्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बालिका र महिलामाथि बढ्दो घटनाप्रति चिन्ता व्यक्त गरे । जिल्ला समन्वय समिति उपप्रमुख भगवती पुडासैनीले गाउँगाउँमा जनचेतनाका कार्यक्रमहरु लैजाँदै घटना न्यूनीकरण गर्नुपर्नेमा जोड दिइन् ।






