कोरोनाबाट अझै बचौं
कोरोना भाइरस संक्रमणबाट अझै केहि समय संवेदनशीलता अपनाइ बच्न जरुरी देखिएको छ । तेस्रो लहरको कोरोना संक्रमण नेपालमा समुदाय स्तरमा फैलिएपछि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कोरोनाबाट बच्न जरुरी देखिन्छ । तेस्रो लहर सुरु भएयता मकवानपुरमा ६० गुणाले संक्रमण दर बृद्धि भएको छ । दैनिकजसो परीक्षण गराएकामध्ये ६०,७०,८०,९० प्रतिशतमा संक्रमण पुष्टि भएको स्थिति नियाल्दा जिल्लामा ६० गुणाले संक्रमित बढेका छन् । बागमती प्रदेशमा पछिल्लो १० दिनमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको दर १२ गुणाले बढेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्याड्ढ अनुसार, गत पुस २० गतेदेखि ३० गतेसम्म संक्रमणको दर १२ गुणाले बढेको हो । प्रदेशमा गत पुस २० गते कोरोना संक्रमितको संख्या २५३ जना थियो भने पुस ३० गतेसम्म आइपुग्दा ३ हजार ८९ जना पुगेको हो ।
पुस २१ गते बागमती प्रदेशका २८७ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस यता, पुस २२ मा ३५० जना, पुस २३ मा ४३० जना, पुस २४ मा ५३६ जना, पुस २५ मा ६६२ जना, पुस २६ मा ९८६ जना, पुस २७ गते १ हजार ५०८, पुस २८ गते १ हजार ८५१ जनामा, पुस २९ गत २ हजार २१३ जनामा र पुस ३० गत पुस ३० गते ३ हजार ८९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै, प्रदेशमा पछिल्लो १० दिनमा सक्रिय संक्रमितको संख्या ६ गुणाले बढेको छ । पुस २० गते प्रदेशभर २ हजार ५२२ जना सक्रिय संक्रमित रहेको प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्याड्ढ छ । त्यस यता सो संख्यामा क्रमिक रुपमा वृद्धि हुँदै माघ १ गतेसम्म आइपुग्दा १५ हजार ३३८ जना सक्रिय संक्रमित पुगेका छन् । यो संख्या पुस २० गतेको तुलनामा ६ गुणा बढेको हो ।
प्रदेशमा कोरोना भाइरसका अधिकांश सक्रिय संक्रमित होम आइसोलेशनमा छन् । कुल सक्रिय संक्रमितमध्ये १४ हजारभन्दा बढी व्यक्ति होम आइसोलेशन बसेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, कुल १५ हजार ३३८ जना सक्रिय संक्रमित मध्ये १४ हजार ७०३ जना होम आइसोलेशनमा छन् भने अन्य संक्रमित विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा उपचाररत् छन् । सक्रिय संक्रमितमध्ये ६३३ जना संस्थागत आइसोलेशनमा उपचाररत छन् भने जेनरल आइसोलेशनमा २२८ जना, एचडीयूमा ३१४ जना, आइसीयूमा ७५ जना र भेन्टिलेटरमा १६ जना रहेको मन्त्रालयले जनाएको छ । बागमती प्रदेशका करिब ९५ प्रतिशतभन्दा बढी कोरोना सक्रिय संक्रमित होम आइसोलेसमै बसिरहेका छन् । प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्याड्ढअनुसार कुल सक्रिय संक्रमितमध्ये १४ हजारभन्दा बढी व्यक्ति होम आइसोलेशन बसेका छन् । कुल १५ हजार ३३८ जना सक्रिय संक्रमितमध्ये १४ हजार ७०३ जना होम आइसोलेशनमा बसेका छन् । अन्य संक्रमित भने प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा उपचाररत् छन् ।






