कोगटेमा मोबाइल नेटर्वक समस्याले हैरान

साझाकुरा
२०७८ फाल्गुन ३, मंगलवार ११:३३

हेटौंडा- मकवानपुरको विकट मानिने भीमफेदी गाउँपालिकाको कोगटे क्षेत्रमा नेपाल टेलिकमको नेटर्वक नलाग्दा स्थानीय हैरान भएका छन् । प्रविधि विकासले फड्को मारिरहेको अवस्थामा कोगटेमा नेपाल टेलिकमको नेटर्वक नलाग्दा स्थानीय हैरान हुनु परेको वडा अध्यक्ष बुद्धिबहादुर सिजालीले बताए । भीमफेदी गाउँपालिकाको ७ नम्बर वडास्थित कोगटेमा घाम लागेपछि फोन नलाग्ने समस्या भएको सिंजालीले बताए । कोगेटमा रहेको नेपाल टेलिकमको टावरमा जडान गरिएको सोलारमा समस्या देखिएपछि घाम लागेपछि फोन नलाग्ने भएको उनले बताए ।

नेटर्वकको समस्याले कोगटका करिब तीनसय घरधुरी प्रत्यक्ष प्रभावित भएका छन् । कोगटेमा बिहान र साझ भने फोन लाग्ने गरेको पाइएको छ । ‘बिहान र साँझ फोन लागेपनि घाम लागेपछि भने फोनै नलाग्ने समस्या भएको हो,’ वडाध्यक्ष सिंजालीले भने । करिब नौ महिनादेखि नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको वडाध्यक्ष सिंजालीले बताए । स्थानीयहरुले टेलिकममा गुनासो गर्दा पनि मसस्या समाधान नभएको पाइएको छ । सरोकारवाला पक्षले समस्या समाधान गर्न चासो नदिएको जनप्रतिनिधिले गुनासो गरे ।

स्थानीयका अनुसार नेटर्वक समस्याको विषयमा नेपाल टेलिकम, गाउँपालिका तथा सबै राजनीतिक दलका नेताहरुलाई जानकारी गराए पनि समस्याको समाधानको खोजी नभएको गुनासो गरेका छन् । ‘गाउँमा यस्तो समस्याले स्थानीय हैरानी छन् । स्थानीयले मलाई गुनासो गर्छन्, समस्या हट्दैन त्यसपछि पीर लाग्दो रहेछ’, वडाध्यक्ष सिंजालीले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*