स्थानीयतह सक्रिय हुनुपर्छ

आमाबाबुविहीन बालबालिकालाई भत्ता कार्यक्रम
साझाकुरा
२०७८ फाल्गुन ५, बिहीबार १२:४७

आमाबाबुविहीन बालबालिकाको लागि सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाएको बागमती प्रदेश सरकारले मकवानपुर जिल्लाका १० वटै स्थानीय तहबाट भत्ता
वितरणको विवरण नपाएको गुनासो सार्वजनिक भएको छ । सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७७÷७८ मा अभिभावकविहीन बालबालिकालाई वितरण गर्न भत्ता रकम निकासा गरेपनि त्यसको वितरणको अवस्थाबारे स्थानीय तहहरुले विवरण नपठाएका कारण कार्यक्रम प्रभावकारी हुन सकेको छैन ।

अभिभावकविहीन बालबालिकालाई मासिक भत्ता दिने कार्यक्रम कार्यान्वयनमा अएपनि त्यसको प्रभावकारिताको बारेमा भने मन्त्रालय अनविज्ञ देखिएको छ । सरकारबाट सशर्त अनुदानमा बजेट पाएका पालिकाहरुले भत्ता बाँडे वा बजेट फ्रिज भयो भन्नेबारे मन्त्रालयलाई जवाफ नदिनु आफैंमा गैरजिम्मेवार देखिएको छ । तीन तहको सरकार सञ्चालनमा अपनाउनुपर्ने सहकार्य र सहअस्तित्वका विषयहरुमा यतिचाँडै उदासिन हुन थालियो भने तीनै तहको सरकारले ल्याएका कार्यक्रमहरु असफल हुन सक्छन् । केन्द्र र प्रदेश सरकारले ल्याएका कार्यक्रमहरु जनतामाझ पु¥याउने भनेको स्थानीय तह हो । यसले प्रदेश र केन्द्र सरकारसमक्ष बजेट तथा कार्यक्रम माग गर्ने र कार्यान्वयन गर्नुको साथसाथै केन्द्र र प्रदेशस्तरीय सशर्त योजना तथा कार्यक्रमहरुलाई पनि प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्छ, अनिमात्र जनताले सरकारको अनुभूत गर्न सक्छन् ।

बागमती प्रदेशका १३ जिल्लामा कति आमाबाबुविहीन बालबालिका छन् त्यसको तथ्याड्ढ प्रदेश सरकारसंग छैन । यसको संकलन व्यवस्था र अद्यावधिक गर्ने संयन्त्र प्रभावकारी बनाउँदै सोहीअनुसार बजेट विनियोजन गर्नु अहिलेको आवश्यकता हो । विविधकारणले अभिभावकविहीन बालबालिकाको संख्या थपिँदै जान्छ । उनीहरुको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य उपचारको व्यवस्था तथा अन्य बृत्तिविकासमा अत्यन्तै प्रभावकारी हुने यस्तो कार्यक्रममा स्थानीय तहले सक्रियता नदेखाउनु बिडम्बना नै हो । कार्यक्रम सञ्चालनमा केही समस्या भए समन्वय बैठकको माध्यमबाट कार्यविधिमा हेरफेर गर्नु मनासिव देखिन्छ भने भत्ता वितरण प्रणाली र तथ्याड्ढ अद्यावधिक कार्यमा स्थानीय तहले सक्रियता देखाउनुको विकल्प छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*