उत्पादन बढाउन कोशेढुंगा सावित हुनुपर्छ

बाख्रा फार्ममा बोरिड्डबाट पानी
साझाकुरा
२०७८ फाल्गुन २३, सोमबार ११:४७

मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकाअन्तर्गत् चित्लाङ बाख्रा फार्ममा ७८ वर्षपछि बोरिड्डबाट पानीको स्रोत व्यवस्थापन भएको छ । समुन्दी सतहबाट साढे १७ सय मिटर उचाईमा रहेको उक्त स्थानमा एकसय ३८ मिटर गहिरो बोरिड्ड गरेर पानी निकाल्नु आफैंमा चुनौतीपूर्ण कार्य हो । यस कार्यमा सहयोग गर्ने बागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण पालुङ वितरण केन्द्रलाई समन्वयमा ल्याउने फार्म व्यवस्थापन धन्यवादको पात्र बनेको छ । विद्युत् जोड्ने कार्यमा सहजीकरण गर्ने प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पनि
धेरैथोरै श्रेय जान्छ ।

वि.सं. २००१ सालमा नेपालकै पहिलो बाख्रा फार्मको रुपमा तीनसय पाँच रोपनी क्षेत्रफलमा स्थापना भएको फार्मको एकसय आठ रोपनी त चरिचरण क्षेत्र छ । तर, हिउँदको समयमा पानीको अभावमा चरिचरण क्षेत्र पुरै सुख्खा हुँदा त्यहाँका बाख्रा, भेडा तथा खरायोहरु चर्ने ठाउँ पाउँदैनथे। जसका कारण फार्मबाट हुनुपर्ने उत्पादन उल्लेख्य नभएको हामीमाझ छिपेको छैन । चरिचरणको लागि त पानी थिएन, बाख्रालाई खुवाउने पानीसमेत कर्मचारीहरुले खोल्साबाट तानेर ल्याउनुपर्ने बाध्यात्मक अवस्था थियो । यो दर्दनाक अवस्थाबाट अब फार्म मुक्त भएको छ । अब फार्मका बाख्रा, भेडा तथा खरायोहरुले पर्याप्त पानी पिउन पाउनुपर्दछ भने चरिचरण क्षेत्र पनि सदैव हरियो हुने वातावरण बनाउनुपर्दछ ।

अनुसन्धान केन्द्रको रुपमा पनि विकास हुँदै आएको फार्ममा हाल विभिन्न जातका दुईसय ९८ बाख्रा, बरुवाल जातको ५६ वटा भेडा, ६३ वटा खरायो रहेका छन् । ती संख्या अब बढ्नुपर्छ । बाख्रा फार्ममा बाख्रा लिन नेपालबाट मात्रै होइन विदेशबाट पनि खरिदकर्ता आउने वातावरण बन्नुपर्छ । खरिद बढेसंगै उत्पादनलाई पनि उल्लेख्यरुपमा बृद्धि गर्न फार्मको व्यवस्थापन टिम सक्रिय ढुंगले लाग्नुपर्छ । पर्यटकीय क्षेत्रको रुपमा परिचित चित्लाङ बाख्रा फार्म अझै प्रख्यात हुँदै त्यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा पनि टेवा पु¥याउनु पर्दछ । अनिमात्र सरकारको लगानीको सार्थकता हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*