रक्तदान–जीवनदान, महादान अभियानमा लागौं

साझाकुरा
२०७८ चैत्र १८, शुक्रबार ०९:१५

रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । नेपालमा २००० सालदेखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ । समाजेवी दयावीरसिंह कंसाकार नेपालका पहिलो रक्तदाता हुन् । नेपालमा बर्सेनि करिब तीनलाख युनिट रगत चाहिन्छ तर, जहिल्यै अभावका समाचार आइरहेका हुन्छन् । बाढी, पहिरो र भूकम्पको समस्या तथा अनिच्छित गर्भधारण, गर्भपतन र सिजेरियन अप्रेसन पनि पहिलेको तुलनामा बढेकाले रगतको माग आकाशिएको पाइन्छ ।विज्ञानले धेरै प्रगति गरेता पनि कृत्रिम तरिकाले रगत बनाउने सूत्र फेला पारेका छैनन् ।

ब्लड बैंकहरुले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् । योग्य व्यक्तिहरुले पनि रक्तदान नगर्ने प्रवृतिले गर्दा देशमा रगतको चरम संकट परेको छ । रगतले शरीरभित्र पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, रोगसँग लड्ने एन्टिबडीसँगै कार्वनडाइअक्साइड, युरियाजस्ता विकार ओसार–पोसार गर्छ । रगतको रातो रक्तकणले अक्सिजन तथा कार्वनडाइअक्साइड यताउति गर्न, श्वेत रक्तकणले रोगसँग लड्न र प्लेटलेट्सले रगत जमाउने काम गर्छ ।

‘रक्तदान जीवनदान, रक्तदान महादान’ यी स्लोगन हामीले बारम्बार सुन्ने गरेका छौं । रक्तदानका लागि प्रेरित गर्न यी वाक्यांशले धेरै भूमिका पनि खेलेका होलान् । तर, रक्तदान गर्नु अघि केही
कुरामा ध्यान पु¥याउनुपर्छ । स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तिमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तिमा ४५ केजी तौल भएको, मलेरिया, क्षयरोग, जन्डिस, मधुमेय तथा एचआईभी एड्स नलागेका व्यक्ति रक्तदान गर्न सक्षम हुन्छन् । गर्भवती र महिनावारीको समयमा र सुत्केरी भएको छ महिनाभन्दा अगाडि रक्तदान गर्नु हुँदैन ।

अधिक रक्तश्रावका बिरामी, प्रसुति, मुटु–मस्तिष्कलगायतको शल्यक्रिया र दुर्घटनामा परेकालाई बचाउन रगत अनिवार्य हुन्छ । थालासेमिया, ल्यूकेमियालगायतको रक्त क्यान्सर, हेमोफिलिया लगायतको रक्त क्यान्सर, हेमोफिलिया र रक्त अल्पताजस्ता समस्यामा तारन्तार रगत चाहिरहन्छ । यस्तोमा हामो एक सहयोगले यस्ता कयौं मानिसको अमूल्य जीवन बच्छ । कतिपयले रक्तदान गर्दा कमजोर भइन्छ भन्ने ठान्छन् तर, वास्तविकता के हो भने पुरुषको शरीरलाई प्रतिकेजी ७६ एमएल र महिलाको शीररमा प्रतिकेजी ६६ एमएल रगत हुन्छ । तर, शरीर सञ्चालनका लागि चाहिने आवश्यक रगत ५० एमएल मात्रै हो । त्यसकारण पुरुष र महिलाको शरीरमा प्रतिकेजी क्रमश २६ र १६ एमएलका दरले रगत बढी हुन्छ । यही बढी भएको रगतमात्रै दान गर्ने हो । शरीरमा बढी भएको रगत दान गर्दा आफूलाई हानि नगर्ने र अर्कोको ज्यान बचाउन सकिने हुँदा यो अभियानमा सबैजना लाग्नु पर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*