वर्षायाममा स्वास्थ्य सचेतता

साझाकुरा
२०७९ जेष्ठ १७, मंगलवार १२:०६

गर्मी तथा वर्षायाममा मानिसलाई विभिन्न रोगहरु लाग्ने सम्भावना बढी हुन्छ । विशेषगरी सरुवा रोग र भाइरलको संक्रमणका कारण गर्मी सुरु भएदेखि नै स्वास्थ्य उपचारका लागि अस्पताल धाउनेहरुको संख्या बृद्धि हुने गर्दछ । अरु बेलाभन्दा गर्मी तथा वर्षायाममा अस्पतालमा आउने बिरामी बढी हुन्छन् । अहिले अस्पतालहरुमा बिरामीको चाप बढ्न थालेको छ । अस्पतालहरुको तथ्याड्ढले पनि अरु महिनाको तुलनामा गर्मी सुरु भएसँगै बिरामीको संख्या बढ्दै गएको देखिन्छ । विशेषगरी खाना र पानीको कारण हुने आउँ, झाडापखालाजस्ता रोगहरु वर्षायाममा बढी देखापर्ने गर्दछन् ।

वर्षायाममा जताततै पानी नै पानी जमेर बसेको हुन्छ । यसरी जम्मा भएको पानी किटाणुको आश्रयस्थल बन्छ । यसबाट डेंगु, मलेरिया, आँखा पाक्ने रोग, टाइफाइड, भाइरल ज्वरो, निमोनिया, हैजा र पखालालगायत रोग निम्त्याउँछ । स्वास्थ्यकर्मीहरुका अनुसार यस्ता रोगको प्रकोप बढ्नुका धेरै कारण हुन्छन् । वर्षा सुरु भएसँगै पानीका स्रोतहरु दूषित हुने गर्छन् । सतही पानीका मूलहरु र जमिनमुनिको पानी वर्षात्को भलका कारण दूषित हुन पुग्छन् । मानिस र जनावरको मलमूत्र पनि बगेर पानीका स्रोतहरुमा पुग्ने गर्छ । त्यसैले वर्षाका बेला जहाँतहीँको पानी पिउनु उपयुक्त हुँदैन । दूषित पानी पिउन वा खाना बनाउन प्रयोग गरिएमा विभिन्न किसिमका ब्याक्टेरिया, भाइरस तथा अन्य जीवाणुले मानव शरीरमा प्रवेश पाउँछन् र तिनले रोगहरु सार्दछन् । भनिन्छ, मानिसलाई लाग्ने रोगहरुमध्ये आधाभन्दा बढी

रोग अस्वस्थ पानीका कारण लाग्ने गर्दछ । त्यस्तै वर्षायाममा हुने उच्च आद्रताले शरीरको रोगसँग लड्ने शक्ति र पाचन क्षमता निकै घटाउने गर्छ । यस्तो अवस्थामा रोगले सजिलै आक्रमण गर्न सक्छ । त्यसैले वर्षा तथा गर्मीयाममा खानपिन र जीवनशैलीमा थप ध्यान दिनुपर्दछ । अधिकांश नेपालीहरु स्वास्थ्यका सवालमा निकै लापरबाही देखिन्छन् । कतिपय सवालमा हाम्रो जीवनशैली नै स्वास्थ्यका दृष्टिले हानीकारक छ । हामीले हाम्रा  उचित हुनेछ ।

गर्मी तथा वर्षायाममा देखिने स्वास्थ्य समस्याबाट जोगिनका लागि अपनाउन सकिने सतर्कताका विषयमा स्वास्थ्य कार्यालयले समयमै सचेत बनाउने हो भने पनि धेरै समस्या कम हुनसक्छ । समयमा सावधानी नअपनाउने अनि समस्या देखिसकेपछि दौडने प्रवृत्ति कुनै हालतमा सही हुन सक्दैन । बिरामीले अस्पताल भरिनुअघि नै मानिसको चेतनास्तरका आधारमा, आवश्यकताका आधारमा ठाउँ–ठाउँमा सचेतना फैलाउने खालका अभियान र सार्वजनिक कार्यक्रमसमेत गर्ने हो भने त्यो प्रभावकारी हुनसक्छ । सर्वसाधारण र स्वास्थ्य कार्यालय दुबै समयमै सचेत बन्ने हो भने वर्षायाममा बढ्ने स्वास्थ्य समस्या कम गर्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*