चालकलाई स्वास्थ्य परीक्षण र दुर्घटना न्यूनीकरण प्रशिक्षण गर

साझाकुरा
२०७९ जेष्ठ २६, बिहीबार १०:५३

नेपालमा हुने गरेको सवारी दुर्घटनामध्ये चालकको लापरबाहीका कारण धेरै हुने गरेको तथ्याड्ढमा पाइन्छ । सवारी दुर्घटना हुनुमा मानवीय कारणले ९० प्रतिशत र बाँकी अन्य कारणले हुने गरेको तथ्याड्ढ छ । मानवको कारणले हुने गरेको दुर्घटनामा पनि चालकको गल्ती बढी देखिएको छ । चालक बाहेक सडकमा विस्कुन सुकाउने, पशुचौपाया छाडा छोड्ने, यात्रुले जथाभावी बाटो काट्ने मानिसहरुको कारण पनि दुर्घटना ज्यादा छ । सवारीको यान्त्रिक गडबडीका कारण कम नै दुर्घटना भएको देखिन्छ । तर, त्यो कारणलाई पनि चालक अलि संवेदनशील हुने हो भने अझै न्यूनीकरण हुने देखिन्छ ।

सवारी दुर्घटनामा मानवीय कारण न्यूनीकरण गर्न सबैभन्दा पहिला चालकलाई सचेत बनाउनु जरुरी छ । चालकलाई सचेत बनाउने क्रममा पहिलो चालकको स्वास्थ्य अवस्था ठीक हुनुपर्छ । त्यसपछि चालकले गर्ने मादक पदार्थ सेवन (मापसे) रोक्ने हो । चालकले लापरबाहीले मापसे गर्दा सवारी दुर्घटना हुँदा सार्वजनिक यातायातमा धेरै जनधनको क्षति भइरहेको छ । यसलाई न्यूनीकरण गर्न नियमित रुपमा मापसे चेकजाँच कार्यलाई अगाडि बढाउनु पर्दछ । त्यससंगै, चालकको व्यक्तिगत स्वास्थ्यको अवस्था जस्तै उच्च रक्तचाप, मधुमेह, आँखाको कमजोरीलगायत कारणले चालकले जुनसुकै बेलामा पनि सवारी साधन हाँक्न नसक्ने अवस्था सिर्जना हुनुपर्छ । अतिरिक्त चालक व्यवस्था नहुनुले सकिनसकी सवारी चलाएर गन्तव्य पु¥याउन खोज्ने प्रवृृत्तिले दुर्घटना हुने गरेको पाइन्छ ।

यसअघि यातायात व्यवसायीहरुको देशमै ठूलो संस्था नारायणी यातायात व्यवसायी संघको सहयोगमा ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको थियो । संघहरुले दुर्घटनाका कारण वर्षेनि करोडौं क्षतिपूर्ति र उपचार खर्च व्यहोर्दै आएको उदाहरण हामीसामु छ । त्यसैले दुर्घटनाबाट कसैले ज्यान गुमाउनु नपरोस्, संघहरुको खर्च जोगियोस्, ट्राफिक र प्रहरीले अनावश्यक सास्ती खेप्नु नपरोस् भन्नका लागि चालकहरुको नियमित स्वास्थ्य परीक्षण, मापसे नियन्त्रण गर्ने र सवारीको नियमित यान्त्रिक परीक्षण कार्यलाई संस्थागतरुपमा अगाडि बढाउनु अपरिहार्य भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*