आत्महत्याः कारण र रोकथाम

साझाकुरा
२०७९ भाद्र २७, सोमबार ०९:०६

पछिल्लो समय आत्महत्याको घटनाहरु बढ्दै गएको पाइएको छ । गत तीन वर्षमा बागमती प्रदेशमा दुई हजार आठसय ७३ जनाले आत्महत्या गरेको तथ्याड्ढ बाहिरिएको छ । मानसिक रोगीहरूमा आत्महत्याको जोखिम धेरै हुन्छ । अन्तर्राष्ट्रियस्तरमा भएका अध्ययनका तथ्याड्ढ अनुसार आत्महत्या गरेका करिब ९० प्रतिशत व्यक्तिमा कुनै न कुनै मानसिक रोग भएको पाइएको छ । स्किजोफ्रेनिया (साइकोसिस), डिप्रेसन अनि दुव्र्यसनका बिरामीहरुमा आत्महत्याको जोखिम उच्च रहेको पाइन्छ । त्यसैले त आत्महत्याको रोकथाम र समयमै उपचार मनोचिकित्साको आपतकालीन प्राथमिक उपचारको अभ्यासमा पर्छ । समयमै आत्महत्याको आँकलन, मानसिक रोगहरुको निदान अनि विभिन्न मानसिक रोगहरूमा आत्महत्याको जोखिम बुझ्नु आत्महत्या रोक्नको लागि धेरै महत्वपूर्ण कारक मानिन्छ ।

आत्महत्याका कारकहरुमा डिप्रेसनका लक्षणहरू, आत्महत्याका प्रयासहरू, तत्काल घटेका तनाव दिने घटनाहरू, कम गुणस्तरको जीवनशैली, पुरानो तनाव, गम्भीर पारस्परिक द्वन्द्व, आत्महत्याको प्रयास वा सोच गरेका आफन्तहरू या साथीहरू पर्ने अध्ययनले देखाएको छ । यी आठ वटा कारकमध्ये यदि कुनै व्यक्तिमा २–३ कारक छन् भने आत्महत्याको सम्भावना ३० प्रतिशत, ४–५ कारक भए ८५ प्रतिशत र ६ भन्दामाथि भए ९६ प्रतिशत सम्भावना रहने अध्ययनले देखाएको छ । सबैखाले मानसिक रोग भएका बिरामीमा आत्महत्याको लागि साझा जोखिम कारकहरू भने अघिल्लो आत्महत्याको प्रयास, विगतमा परिवारमा सफल आत्महत्या वा प्रयास, गम्भीर नकारात्मक जीवन घटना वा तनाव, अविवाहित, एकल वा विधवा, पारिवारिक संघर्ष, कमजोर आर्थिक स्थिति वा बेरोजगारी, परनिर्भरता, सीमान्तकृत वा लैड्डिक अवहेलना, गम्भीर शारीरिक अस्वस्थता, डिप्रेसन, चिन्ता आदि हुन् । लागूपदार्थ दुव्र्यसनीका बिरामीहरूमा आत्महत्याको जोखिम कारकमा २४ घन्टाभित्र अत्यधिक मादक पदार्थ सेवन, लागूपदार्थ सेवन गर्न नपाएर भएको छट्पटी र त्यसका भौतिक लक्षण, मतिभ्रमता या उदासीनता आदि पर्छन् । आत्महत्याको झन्डै एक तिहाइ कारण व्यक्तित्वजन्य अव्यवस्थाहरूका कारण हुन्छन् ।

व्यक्तित्वजन्य अव्यवस्थाहरूले आत्महत्याका सामान्य जोखिमका कारकहरूलाई टेवा दिन्छन् । कमजोर सामाजिक र आर्थिक अवस्था, पारिवारिक कलह जसले आत्महत्याको घटना बढ्छ । त्यस बाहेक यस्ता व्यक्तिहरूमा अक्सर गम्भीर उदासिनताका लक्षण र मादक पदार्थ दुव्र्यसन हुन्छ । यसले आत्महत्याको जोखिम झन् बढाउँछ । सबै आत्महत्या रोक्न सकिँदैन । तर, प्रायः आत्महत्या रोक्न सकिन्छ । समुदाय र राष्ट्रियस्तरमा धेरै जोखिमहरू कम गर्न धेरै उपायहरू अपनाउन सकिन्छ । आत्महत्या गराउन सक्ने तरिकामा पहुँच घटाउने, मानसिक समस्या भएका बिरामीको समयमै उपचार गर्ने, विगतका आत्महत्याका प्रयासका कुरा गरेर वर्तमान अवस्थाको मूल्याड्ढन गर्ने, सञ्चार माध्यमले पनि जिम्मेवारीपूर्वक सामग्री प्रसारण गर्ने, प्राथमिक स्वास्थ्य सेवा प्रदायकहरूलाई तालिम दिनेलगायत कार्य गर्नाले प्रायः आत्महत्या रोक्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*