रोटरी माविका विद्यार्थीलाई पोशाक
हेटौंडा- जिल्लाको पश्चिमी क्षेत्रस्थित राष्ट्रिय रोटरी माविका गरिव तथा विपन्न बिद्याथीहरुलाई विद्यालय पोशाक सहयोग गरिएको छ । मनहरीका युवा व्यवसायी तथा समाजसेवी इश्वर थापाको पहलमा रोटरी क्वलब अफ गोर्खा र रोटरी क्लब अफ चितवनबाट आएको पोशाक ५१ जना विद्यार्थीलाई वितरण गरिएको हो । मनहरी गाँउपालिकाकी उपाध्यक्ष सीता पुलामी मगर (रेखा)ले विद्यार्थीहरुलाई पोशाक वितरण गरेकी छन् । उपाध्यक्ष मगरले विद्यार्थीहरुको अध्ययनमा सबै क्षेत्रले सहयोग पु¥याउन पर्ने बताइन् ।विपन्न विद्यार्थीहरुलाई विद्यालयबाट बाहिर राख्न नहुने भन्दै सबै खाले सहयोगबाट उनीहरुलाई विद्यालयप्रति अभिप्रेरित गर्नुपर्ने उनको धारणा थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद पौडेल, साहयक प्रअ साधुराम रिजाललगायतको उपस्थिति थियो ।







