किशोरीलाई यौनजन्य क्रियाकलापमा लगाएको आरोपमा महिला पक्राउ
हेटौंडा- हेटौंडा–१०, स्थित बसपार्कमा रहेको एक होटलमा काम गर्ने बालिकालाई यौनजन्य क्रियाकलापमा लगाएको आरोपमा सञ्चालक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले बसपार्कको निहारिका होटलमा किशोरीलाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक ४० वर्षीय एक महिला पक्राउ परेकी हुन् ।प्रहरीमा पीडित किशोरीले चार दिनअघि जाहेरी दिएपछि सञ्चालकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
मनहरी गाउँपालिका घर भएकी १९ वर्षीया एक किशोरीलाई भाडा माझ्ने काममा लगाइदिन्छु भनि ल्याएको र दैनिक यौन क्रियाकलाप लगाएको आरोपमा जाहेरी परेको हो । प्रहरीलाई सूचना आउना साथ होटलमा छापा हानिएको थियो । होटलमा छापा हान्दा सूचना अनुसार किशोरीलाई यौनजन्य क्रियाकलापमा लगाउँदै आएको पाइएको डिएसपी पीडित किशोरीले जाहेरीमा आफूलाई यौनजन्य क्रियाकलापमा लगाउन बाध्य पारिएको आरोप लगाएकी छन् । पक्राउ परेकी अभियुक्त महिलालाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको कार्कीले जानकारी दिए ।







